रेशम चौधरीलाई जेलमा राखेर सरकार थारु जातिलाई दबाएर राख्ने रणनीतिमा देखिन्छः भारतीय विधानसभा सदस्य
बिराटनगर, माघ २४ । विराटगर महानगरपालिका–९ स्थित शीतल धर्मशालामा ‘टीकापुर घटनासम्बन्धी अन्तरक्रिया’ कार्यक्रम भयो । यो कार्यक्रमका प्रमुख अतिथि थिए, भारत बिहारका विधानसभा सदस्य सुरेश पासवान ।
उनले नेपालमा जातीय विद्वेष र राष्ट्रिय अखण्डतामाथि धावा बोल्ने काम गरे । उनले भने, ‘सांसद् रेशम चौधरी वाहुन भएको भए जेल जानु पर्दैन थियो । नेपाल सरकारको जातीय विभेदीकरणको व्यवहार रहिरहे जनता हातहतियारसहित विद्रोहमा उत्रिनेछ । रेशम चौधरीलाई जेलमा राखेर सरकार थारु जातिलाई दबाएर राख्ने रणनीतिमा देखिन्छ’ भन्दै यस विषयमा आफूले भारतको विधानसभा र लोकसभामा कुरा उठाउने बताए ।
माघ २३ गते भएको सो कार्यक्रम थारु कल्याणकारी सभाले गरेको थियो । उक्त कार्यक्रममा सभाका केन्द्रीय सदस्य कन्नुलाल चौधरी, नेपाल भारत सांस्कृतिक मञ्चका अध्यक्ष प्रिती झा लगायतले बोलेका थिए ।
प्रतिक्रिया