७ वर्षको बालकको मुखबाट ५२८ दाँत निकालिए
काठमाडौ । भारतको चेन्नईमा चिकित्सकहरूले ७ वर्षको एक बालकको तल्लो बंगारोबाट ५२८ दाता अपरेशन गरी निकालेका हुन् ।
बालकको तल्लो बंगारा र गाल सुनिएको थियो । पीडा बढेपछि डाक्टर कहाँ जाँदा अस्वाभाविक अवस्था फेला प-यो ।
यो दाँतको अस्वाभाविक विकास वा मोबाइल टावरको रेडिएशनबाट यस्तो हुन सकने चिकित्सकहरूले जनाएका छन् ।
तर विश्वमा यो पहिलो स्थिति देखाएको परेको उनीहरूले दाबी गरेका छन् ।
यसलाई कम्पाउन्ड कम्पोजिट आन्डोटोम नाम दिएका छन् । अपरेशन भएपछि बालकको दुखाइ छैन् ।
सविता डेन्टल कलेजका ओरल सर्जन डा. पी सेन्थिलनाथनलेको टोलीले अपरेशन गरी दाँत बाहिर निकालेका हुन् ।
तल्लो बंगारोको त्यो भागलाई अपरेशन गरी निकालिएको छ ।
त्यसमा साना साना ५२६ दाँत र दुई ठूलो आकारको दाँच फेला परेको छ ।
यो भागको कुल वजन २०० ग्रामको थियो ।
यो अपरेशनका लागि ५ घन्टा लागेको थियो ।
यसअघि २०१४मा एक बालकको मुखबाट २३२ दाँच निकालिएको थियो ।
प्रतिक्रिया