पाकिस्तानी प्रधानमन्त्रीद्वारा रोटी र नानको मूल्य नबढाउन आदेश
काठमाडौ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले त्यहाँका व्यवसायीलाई रोटी र नानको मूल्य नबढाउन आदेश दिएका छन् ।
उनले क्याबिनेटको बैठकबाट यस्तो निर्णय गरी आदेश दिएका हुन् ।
यसका लागि रोटी नान पसललाई सरकारले सहुलियत उपलब्ध गराउने खान सरकारले विश्वास दिलाएको छ ।
सरकारले रोटी र नानको मूल्य बढन नदिन दिनुपर्ने सहुलियतको रूपमा पीठो र ग्यासजस्ता वस्तुको आपूर्तिका बारेमा विचार गरिरहेको छ ।
केही दिन यता पाकिस्तानमा नान र रोटीको मूल्य अकाशिन लागेको देखेर खान सरकारले यस्तो निर्णय लिएको हो ।
यसका लागि निर्माण हुने आर्थिक समन्वय समितिको अध्यक्ष प्रधानमन्त्री खान आफैले गर्ने भएका छन् ।
पाकिस्तानमा नानको मूल्य १५ र रोटी १२ पाकिस्तान रूपैयामा उपलब्ध भइरहेको छ ।
केही महिना अघिसम्म नानको मूल्य ९ –१० र रोटीको मूल्य ७–९ पाकिस्तानी रूपैयामा उपलब्ध थियो ।
महगी विरूद्ध प्रतिपक्षी मोर्चा बनाउन थालेपछि खान सरकारले यस्तो निर्णय सार्वजनिक गरेको हो ।
प्रतिक्रिया