जनयुद्धका शहीद र मदन भण्डारीप्रति मन्त्री योगेश भट्टराईको श्रद्धाञ्जली

जनयुद्धका शहीद र मदन भण्डारीप्रति मन्त्री योगेश भट्टराईको श्रद्धाञ्जली

काठमाडौं, १६ साउन । जनयुद्धका सहिद तथा वेपत्ताहरुको स्मरण गर्दै संकृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराइले तत्कालिन नेकपा माओवादी केन्द्रको हेडक्वार्टर तथा वर्तमान नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । 

पेरिसडाँडामा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले नेकपालाई अहिलेको स्थानसम्म पुर्याउन जनयुद्धका सहिद तथा वेपत्ताहरुको पनि उत्तिकै योगदान रहेको बताए ।

यसैबीच, मन्त्री भट्टराई बिहीबार बिहान नै तत्कालीन एमालेको पुरानो पार्टी कार्यालय मदननगर बल्खु पुगेर मदन भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।