प्रचण्डमाथि हेगको हौवाः खिस्स बुढी हरिया दाँत 

प्रचण्डमाथि हेगको हौवाः खिस्स बुढी हरिया दाँत 

आर.सी न्यौपाने

जीवन सङ्घर्षको दौडानमा प्राप्त वोधीतत्व विचार दर्शन मानवीय आलोकमा मानव शभ्यता सिर्जना गर्न वा आजको सुसस्कृत सभ्य समाज निर्माणमा शास्त्र र अस्त्रले युगिन भुमिका निर्वाह गरेकोमा कुनै सङका छैन । सभ्य समाज  एवं न्याय र समानता, स्वतन्त्रताको धर्म युद्ध राजनीतिक रुपान्त्रणमा विचार नियन्त्रित अश्त्र उठ्ने परम्परा मानव उत्पत्तिकालदेखिको हो । मानव जीवनको वश्तुगत आवश्यकताको अधिकार सम्वोधनमा वैचारिक र भौतिक अस्त्र पूजा तथा आत्मसाथिकरण गर्ने परम्परा एशियाली सभ्यता तथा नेपालीको धर्म र संस्कृति नै हो ।

नेपाल एकीकरण, पुनः एकीकरण, समाजका पूर्वाधार विकाशका हरेक एजेण्डामा होस या ब्रिटिस साम्राज्यवादको हस्तक्षेपका विरुद्धको राष्ट्रिय स्वाभिमान रक्षाको सवालको विषय नै किन नहोस् हरेक जनसवाल र मुक्ति लडाइमा हाम्र यी सनातनी शास्त्र, अश्त्रले  कहिल्यै हार्न जानेनन् । उषाकालदेखि नैं सभ्यता, रक्षा र विकाशको प्रश्नसंग अग्रगामी धार पक्डिएर स्वत्व रक्षाको सवालसंग निरन्तर प्रवाहित हँुदै आएको शास्त्र र अस्त्रको इतिहाँस हाम्रो गौरव हो ।

जव जव मुलुकमा वाह्य शक्तिको हस्तक्षेप तथा प्रभुत्वको कारण राष्ट्रिय इतिहाँस, राष्ट्रियता, स्वाभिमान, दर्शन, राजनीति, धर्म र संस्कृति, जात जाति परम्परा, भाषा, भेष, भुषा, खान पान, रहन सहन समग्रतामा दखल पुग्न जान्छ । त्यति बेला हाम्रा शास्त्र अस्त्र जागै बस्ने इतिहाँस छ । स्मरणीय छ, राष्ट्रको स्वत्व रक्षाको निम्ति पटक पटक यीनै शास्त्र, शस्त्र, अस्त्र आत्मिक भौतिक बलमा पूर्विय दर्शनको भौतिकवादी सामाजिक अश्तित्व रक्षाबाट आजको नेपाल सम्भव भएको हो ।

विरासतपूर्ण इतिहाँसको चक्र पार गर्दै समृद्ध नेपाल निर्माणको उत्कट अभिलाशाबाट पटक पटक स्वाभिमानको गुञ्जन सँगै पल्लवित राष्ट्रिय मार्गमा पचास र साठीको दशकमा त्रुटी देखा परे । जसको यथोचित सच्याइको आधार निर्माण २०६३ मङशिर छ गते नेपालका तत्कालिन राजनीतिक दलहरु सात दल र माओवादीवीच सम्पन्न बृहत शान्ति सम्झौता सम्पन्न भयो ।

यसले जारी द्वन्द्वलाई वश्तुगत सम्वोधन गरी राष्ट्रिय राजनीतिक शक्तिहरूका वच शक्ति सन्तुलनको सम्वोधनको मूल आधार निर्माण गर्ने लक्ष्ये राख्यो । अफसोच संविधान निर्माणम शक्ति सन्तुलनको उचित सम्वोधन र शान्ति प्रक्रियाको ब्यवश्थापनमा हुन पुगेका कमजोरीका कारण अपुर्णता कै वीचमा संविधान घोषणा हुन पुग्यो । संविधानका त्रुटिपूर्ण प्रवधानका कारण वाह्य र पश्चिमा शक्तिले जातिवाद, क्षेत्रवाद र मानव अधिकारको डङका पिटेर सत्य निरुपण तथा मेलमिलाप विरुद्ध खेल्ने मौका पाएको छ । तिनै मौकाहरुमध्ये नेपालमा अश्थिरता सिर्जना गर्न अगाडी सारिएका थुप्रै योजनामध्ये धर्म निरपेक्षता सँगै हेगको त्रास देखाउने प्रवृति एउटा पाटो हो ।

हेग अदालत अमेरिकी साम्राज्यवादको रणनीतिक स्वार्थ पूर्तिमा भाँजो हाल्ने तथा असहयोग गर्ने राष्ट्रका शासक वा नेतृत्वलाई झुण्ड्याउने, सिध्याउने, जेल कोच्ने र आफ्नो दुनो सोझ्याउने रणनीतिकासाथ खडा गरिएको क्रिश्चियन अखडा हो । यसको धन्दा भनेकै अमेरिकी साम्राज्यवाद विरोधि क्रान्तिकारी देशभक्तहरूलाई डर, त्रास, धाक, धम्की र पक्डिएरै हुर्मत लिने हो । साम्राज्यवादले बुझोस्, अहिले विश्वको शक्ति सन्तुलन बदलिएको छ । विश्व बहुध्रुवमा प्रवेश गरिसकेको छ । र साम्राज्यवाद कागजी बाघमा परिणत भइसकेको छ । निहीत स्वार्थको रोटी सेक्न बानि परेको अमेरिकी साम्राज्यवाद असफल बनिरहेको वर्तमान सन्दर्भमा हेग अदालतको कुनै अर्थ छैन ।

स्मरण होस् पश्चिमाहरुले नेपालमा करोडौँ डलर खर्च गरेर जवरजस्त धर्म निरपेक्षता जस्तो पश्चिमा साम्राज्यवादी एजेण्डा संविधानतः लादेर धर्मान्तरण (क्रिश्चियन प्रोजेक्ट) सञ्चालन गरिरहेका छन् । पश्चिमाहरुको नाङ्गो कुकृत्य धर्मान्तरण विरुद्ध आफ्नो धर्म संस्कृति जोगाउन आम जनता सडकमा उत्रिएका पनि छन् । ठिक यसै बेला पश्चिमा आफ्नो स्वार्थ माथि दखल पुग्ने सोचकासाथ विषयलाई विषयान्तर गर्न क्रिश्चियन अदालत हेगको विषय उठाएर नाङ्लो पिटेर हात्ति तर्साउने ध्याउन्नमा लागेका छन् ।  यति नै बेला पश्चिमाहरुले हेगको विषय उठान गर्नुका पछाडीका रहस्यलाई सामान्य तथा हल्का ढङगले बुझ्नु हुँदैन ।

हामी  देशभक्त राष्ट्रवादी नेपालीले पश्चिमाको षड्यन्त्रबाट बेलैमा सजग  भएर आवश्यक कदम उठाउन आवश्यक छ । नेपालमा राष्ट्रिय एकता कायम गर्न तथा एसियन सभ्यताको पुनर्जागरणको नेतृत्व गरिरहेका भारत चीन एक ठाउ आएको दृष्य एक पछि अर्को गरि खुल्न आएबाट अमेरिकी रपश्चिमा साम्राज्यवाद झस्किने मात्र होइन अत्तालिन पुगेको छ । पश्चिमा यतिबेला भारत, चीन र नेपालवीच एकता नहोस भनेर रणनीतिक द्वन्द्व सिर्जना गराउन उद्धत छ । यसैका लागि विगतमा नेपालको सर्वोच्च अदालतका प्रधानन्यायधिश (खिलराज ) इजलासबाट द्ध्वन्द्ध्कालीन मुद्धाहरुमा अन्तराष्ट्रिय अदालत आकर्षित हुने छ भनि गरेका फैसला पश्चिमा मिसनका रणनीतक पाटा बनेकोमा कुनै दुविधा छैन । खास गरेर नेपाललाई आफ्नो रणनीतिक स्वार्थ पूर्तिको अभ्यास केन्द्र बनाउन पश्चिमा शक्तिहरुले दलको अलवा प्रचण्डलाई हेगको त्रास देखाएर प्रचण्डमार्फत खेल्ने योजना अख्तियार गर्न जाल बुनिरहेको रणनीति जगजायर नै छ ।

पछिल्लो समय प्रचण्डले आफुलाई विगतको राजनीतिक लाइनबाट यू–टर्न गराएको परिघटना ब्यवहारतः देखिदै जाँदा पश्चिमा साम्राज्यवादी शक्ति आफ्नो पुरानो विरासत गुमेको आंङ्कलनसहित पुनः आफ्नो पकड कायम राख्न प्रचण्डलाई हेगमा हाजिर गराउने त्रासको पाशा फालेको छ । नेपाल, भारत र चीन वीचको रणनीतिक सम्वन्ध विकाशको लागि भइरहेको प्रयास तथा भुमिकामा प्रचण्ड लगायतका ब्यक्ति तथा नेतृत्वले आफुलाई इमान्दार बनाइरहेसम्म प्रचण्ड हेगको त्रासदीबाट आत्तिनु पर्दैन । हेगको हौवा पिटेर प्रचण्ड लगायतलाई हेगमा हाजिर गराउने धाक धम्की सोम शर्माको सातुको कथा शिवाय केही  होइन । राष्ट्रिय एकतामा भाँजो हाल्न नेपाललाई द्वन्धमा फसाउने साम्राज्यवादी हर्कत राष्ट्रिय एकतामा भाँजो हाल्न नेपाललाई द्वान्द्मा फसाउने साम्राज्यवादी हर्कत कुनै पनि मुल्यमा सफल हुँदैन । नेपालमा द्वन्द्व सिर्जना गर्न प्रत्यक्ष परोक्ष भुमिका खेलेका शक्तिका मुखमा दुध र भात जाने प्रचण्ड भने हेग जानु पर्ने धम्की ‘खिस्स वुढी हरिया दाँत’ भने जस्तै हो ।

नेपालको राजनीतिमा अनियन्त्रित अश्थिरता सिर्जना गराएर निरन्तर अश्थिरताको डलर खेति मञ्चन गरी अन्ततः नेपाललाई क्रिश्चियन राष्ट्र बनाउने ध्येय पश्चिमा साम्राज्यवादी रणनीतिक स्वार्थ हो । यही स्वार्थ पूर्तिका लागि इण्डो–प्यासिफीक रणनीति साझेदारीमा नेपाल सहभागि भएको पेन्टागनको बक्तब्य ताजा उदाहरण हो । आसन्न चिनियाँ राष्ट्रपति सि चिनफिङ र भातीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच हुने बाराणासी विशेष वैठकले विश्व जगतलाई नयाँ सन्देशसहित नेपाल, भारत र चीनवीच  त्रिपक्षिय रणनीतिक साझेदारीको महत्वपूर्ण आयामका स्रोत उद्घाटित हुने निश्चत देखिन्छ । यतिबेला भारतमा चिनियाँ राष्ट्रपतिको भ्रमण नहोस र नेपालमा इण्डो–प्यासिफिक रणनीतिको हेडक्वाटर बनाउने अमेरिकी योजना नतुहियोस भन्ने ध्याउन्नमा अमेरिका चनाखो देखिन्छ ।

यसैको प्रतिविम्मको रुपमा द्वन्द्वकालीन मुद्धालाई इस्यू बनाएर प्रचण्डलाई हाउगुजी देखाउन पुग्नु राष्ट्रिय एकतामा भाँजो हाल्ने धर्म निरपेक्षतावादी पश्चिमा साम्राज्यवादी रणनीति हो । वासिङ्टनको पछिल्लो अठार पृष्ठको बक्तब्य पनि हेगको अर्को संस्करण हो । यस्तो रणनीति नेपाली माटो विरुद्ध लक्षित छ । हामी सबै देशभक्त राष्ट्रवादी शक्ति पश्चिमाको षड्यन्त्रलाई बेलैमा चकनाचुर पार्न एकतावद्ध बन्नुको कुनै विकल्प छैन ।

स्मरण होस्ः चीन र भारत नेपाल पश्चिमाको रणनीतिक स्वार्थपूर्तिको अभ्यास केन्द्र नबनोस् भन्नेमा एकमत देखिन्छन । यो मर्म नेपालका राजनीतिक दल एवम् सम्वद्ध पक्षले आत्मसाथ गरी यस क्षेत्रको सामरिक महत्वमा सजग रहन सक्नु पर्छ । यति बेला राज्यले मूर्त राष्ट्रिय एजेण्डाको जगमा मुलुक हिँडाउन ढिला गर्नुको दुश्परिणाम वाह्य शक्तिको चलखेल एक पछि अर्को गरी बढिरहेको छ । कतै राज्य असफल हुने त होइन ? प्रश्न गम्भिर छ  ।

त्यसैले राज्यको बागडोर सम्हालेको पार्टी तथा सरकारले देखा परेका सबै खाले समस्याहरूको अविलम्भ समाधान गर्न ढिला गर्नु हुदैन । यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, कांग्रुस सभापति शेरबाहादुर देउवा, पूर्व राजा, ज्ञानेन्द्र, विप्लव, उपेन्द्र यादव, तराई केन्द्रित दल लगायत राष्ट्रिय शक्ति सम्वद्ध सबै पक्ष देश र जनताप्रति जिम्मेवार र जबाफदेही बन्न किंचित विलम्व गर्नु हुँदैन । 

अहिले मुलुक इतिहाँसकै गहिरो संकटमा फस्दै गइरहेको दृष्य घाम झै छर्लङग छ । अव पनि हाम्रो चेत खुलेन भने कहिले खुल्ने ? सङकट मोचनका लागि जनता जनार्दनको मार्ग दिशा राज्य र दलहरुको साथै सबै शक्ति पक्षले नेपाल, भात र चीन विचको रणनीतिक सहमतिबाट आवश्यक मार्ग सम्वोधनमा राष्ट्रिय एकता निर्माण गरौँ ।

प्राचीन शक्ति वल्लभ हाम्रो इतिहाँस, सभ्यता, राष्ट्रिय धर्म, संस्कृति, राजनीति, सार्वभौम सत्ता रक्षाका अहम् सवाल बनिरहने छन् । यो गुदि मर्म आत्मसाथ गरी अघि वढ्न राजनीतिक दल, शक्ति सम्वद्ध सरोकार राष्ट्रिय शक्तिहरु इतिहाँसको युगीन सम्वोधनमा एक ठाउँ आउन सकौँ । 

(लेखक प्रलेस, नेपालका उपमहासचिव हुनुहुन्छ ।)