साउदी अरबले महिलालाई बिना बाधा घुमफिरको अधिकार दियो

साउदी अरबले महिलालाई बिना बाधा घुमफिरको अधिकार दियो

काठमाडौ । साउदी अरबले महिलालाई बिना बाधा घुमफिर गर्ने अधिकारका साथै परिवारिक मामिलामा नभएका अधिकारहरू दिएको छ ।

महिलाहरूले गर्न पाउने अधिकार त्यहाँका पुरूषहरूले गर्ने गरेको विषयलाई लिएर मानव अधिकारको अवस्था साउदी अरबको खराब रही आएको थियो ।

महिलालाई दिइएको अधिकारहरूको एक सूची सहितको शाही गजेट प्रकाशि भएको छ । राहदानीका लागि २१ वर्ष पुगेका जुन सुकै नागरिकले आवेदन दिएमा पाइन र यात्रा गर्न कुनै रोक नलगाइने उल्लेख छ ।

जन्म , विवाह र सम्बन्ध विच्छेदको दर्ता गराउन पाउने अधिकार साउदी महिलालाई पहिलो पटक दिइएको छ । महिलालाई बालबालिकाको अभिभावक बन्न पाउने अधिकार पनि उपलब्ध गराइएको छ ।

साउदी महिलाले यसलाई नयाँ युगको शुरूवात भनी स्वागत गरेकी छिन् । आफ्ना दाजुभाई जस्तै स्वतन्त्र र समानरूपमा यो पुस्ता अगाडि बढने भनेर त्यहाँका महिलाले खुशी व्यक्त गरिन् ।

साउदीका युवराज मोहम्मद बिन सलमानले सामाजिक बाधाहरूलाई हटाउँदै आएका छन् । गत वर्ष महिलालाई गाडी हाँक्न पाउने अधिकार दिएका थिए ।