बैंककमा बम बिस्फोट, दुई घाइते
काठमाडौ । थाइल्यान्डको राजधानी बैंककमा केही साना बिस्फोटनहरू सुनिएका छन् ।
सडक सफाइ गर्ने दुई कर्मचारी बिस्फोटनबाट घाइते भएको प्रहरीले जनाएको छ ।
कम्तीमा तीन ठाउँमा भएको बिस्फोटनबारे अन्य खबर तत्काल उपलब्ध हुन नसकेको रोयटर्सले जनाएको छ ।
प्रहरीले जनाए अनुसार केन्द्रीय बैंककमा र एक सरकारी कार्यालय नजिक बिस्फोटनका आवाज सुनियो ।
बैंककमा दक्षिण पूर्व एसियाली देश आसियानका विदेशमन्त्रीहरूको बैठकको आयोजना भइरहेका बेला यी बिस्फोटनहरू भएका छन् ।
प्रतिक्रिया