दिल्लीका मुख्यमन्त्रीलाई इमेलबाट ज्यान मार्ने धम्की

दिल्लीका मुख्यमन्त्रीलाई इमेलबाट ज्यान मार्ने धम्की

काठमाडौ । भारतको दिल्ली प्रान्तका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ज्यान मार्ने धम्की उल्लेख भएको इमेल प्राप्त भएको छ ।

मुख्यमन्त्रीको कार्यालयले यो इमेल प्राप्त गरेको हो। प्रहरीले यो केस दर्ता गरी छानबिन शुरू गरेको छ ।

यो मुद्दा इन्डियन पेनल कोड ५०६ अन्तर्गत दर्ता गरिएको एक बरिष्ठ प्रहरी अधिकारीले जनाएका छन् ।