पहिरो अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली गुल्मीमा

पहिरो अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली गुल्मीमा

पहिरो गएको क्षेत्रको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली आज गुल्मी आइपुगेको छ । दुई साता अघि सत्यवती गाउँपालिकामा पहिरो गएको थियो । 

भूगर्भविद्द्वय राजेन्द्र आचार्य र शुलभ कायस्थको टोली पहिरो गएको सत्यवतीको ठूलोलुम्पेकको सिङ्दी र लिम्घा आइपुगेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए । टोलीले पहिलो चरणमा पहिरो प्रभावित क्षेत्रको भौगोलिक स्थितिबारे अध्ययन गर्ने र त्यसपछि जोखिमको कारणबारे जानकारी लिने छ । “यहाँको अवस्थाबारे सूक्ष्म अध्ययन गरेर टुङ्गोमा पुग्छौँ”, भूगर्भविद्  आचार्यले भने ।  

अवरुद्ध सडक खुल्यो 

पहिरो गएर दुई सातासम्म अवरुद्ध बनेको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकको सडकखण्ड आजदेखि पुनःसञ्चालनमा आएको छ । सवारीसाधन सहज रुपमा गन्तव्यतर्फ जान थालेको गाउँपालिकाका अध्यक्ष ढकालले बताए ।