वालमार्ट गोली हानाहानमा २०को मृत्यु

 वालमार्ट गोली हानाहानमा २०को मृत्यु

काठमाडौ । एल पासो स्थित वालमार्टको खुद्रा पसलमा भएको गोली हानाहानमा २० जनाको मृत्यु भइसकेको टेक्सासका गभर्नरले पुष्टि गरेका छन् ।

अन्धधुन्ध गोली हानाहानमा दुई दर्जन बढी घाइते भएका छन् ।

प्रहरीले २६ जना घाइते भएको जनाएको छ । प्रहरी प्रमुख गर्ग एलेनले घृणित अपराध गराउनेहरूसँग यो आक्रमणको सम्बन्ध जोडिएको हुन सक्ने जनाउँदै यो जनाकारी दिए ।

एक संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ । आत्मसमर्पण गर्ने त्यो व्यक्ति सम्भावित बन्दुकधारी हुन सक्ने विश्वास गरिएको छ ।

मेक्सिकोका अधिकारीहरूले मारिएकाहरूमा ३ मेक्सिन भएको र ६ घाइते भएको जनाएका छन् ।

पक्राउ परेका व्यक्तिसँग एके शैलीको हतियार रहेको छ ।