दोलखामा१० घर पुरिए, अझ दर्जनौ घर पहिरो जाने खतरामा

दोलखामा१० घर पुरिए, अझ दर्जनौ  घर पहिरो जाने खतरामा

काठमाडौ । दोलखामा १० घर पुरिएको र अझ दर्जनौ घर पहिरो जाने खतरामा रहेको त्यहाँका स्थानीयहरूले बताएका छन् ।

बर्षाका कारण गौरीशंकार गाउँ पालिका २का १० घर पहिरोमा पुरिएको छ ।

वर्षाले पहिरोको संकट निम्त्याएका क्षेत्रहरूमा चान्सेभिरका ३० भन्दा बढी घर जोखिममा परेको छ ।

सिरिसे टोलका १९ घर र शैलुङ गाउपालिकाका ३६ घर पहिरोको उच्च जोखिममा रहेको स्थानीयहरूको भनाइ छ ।

५५ वर्षीय जगत बहादुर खत्री लगायत केही व्यक्ति हराइरहेको उनीहरूले जनाएका छन् ।