एसियामा अमेरिका परमाणु क्षेप्यास्त्र तैनाथ गर्न खोज्दै

एसियामा अमेरिका परमाणु क्षेप्यास्त्र तैनाथ गर्न खोज्दै

काठमाडौ । अन्तरमाध्यमिक क्षेत्रका परमाणु हातहतियारसम्बन्धी सम्झौता(आईएनएफ)को बन्धनबाट औपचारिकरूपमा बाहिर निस्कदै अमेरिकाले त्यस्तो हतियारको तैनाथी एसियामा गर्ने जनाएको छ ।

आईएनएफबाट अमेरिका शुक्रबार औपचारिकरूपमा बाहिर निस्कियो ।

रूससँग गरिएको सो सन्धीलाई नवीकरण गर्न अमेरिकाले नमानेपछि उ सन्धीबाट बाहिरिएको हो ।

अमेरिकी रक्षामन्त्री मार्क एस्परले अन्तरमाध्यमिक स्तरका क्षेप्यास्त्रको एसिया तैनाथीप्रति चीन चकित नहुनुपर्ने अभिव्यक्ति दिए ।

तर उनले यो क्षेप्यास्त्र तैनाथी कहाँ हुने त्यसबारे खुलाएनन् । यो मिसाइल तैनाथीमा ८० प्रतिशत आईएनएफ प्रणाली अन्तर्गतको रहने जनाइएको छ ।

सन् १९८७मा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र सोभियत संघका राष्ट्रपति मिखाइल गोर्वाचोभबीच यो सम्झौता भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसले यो सम्झौताको उल्लंघन गरेको आरोप लगाउँदै आफू यसमा नबाँधिने फेब्रुअरीमा जनाएका थिए ।

गएको शुक्रबार अघि यो सम्झौताको नवीकरण गरिनुपर्ने थियो ।

त्यो सम्झौताको म्याद समाप्त भइसकेपछि अमेरिकाले एसियामा क्षेप्यास्त्र तैनाथ गर्न खोजेको छ ।