शुक्रबार एसियाली बजार किन ओरालियो ?

शुक्रबार एसियाली बजार किन ओरालियो ?

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिन पिङलाई मार्च अघि भेट्ने योजना नभएको भनेपछि एसियाली शेयर बजार ओरालियो ।

अर्को साता अमेरिकाका कोष मन्त्री स्टिफन नुचिन र व्यापार प्रतिनिधि रोबर्ट लाइटाइजरले अमेरिकाको एक प्रतिनिधि मण्डलको नेतृत्व गरी व्यापारसम्बन्धी अर्को चरणको वार्ता गर्न बेइजिङ जान लागेका हुन् ।

चीनसँगको व्यापार वार्ता गर्न ट्रम्प आफैं जाने अपेक्षा गरिएकोमा त्यसो हुन नसक्दा एसियाका प्रमुख शेयर बजारहरू ओरालो लागेका हुन् ।

अमेरिका र चीनबीच मार्चसम्म व्यापार युुद्ध अन्तर्गत महसुल थपथाप नगर्ने गरी विरामको अवस्था हो । त्यसअघि आफू सीसँग नभेट्ने भन्ने बित्तिकै जापानको निक्की २ प्रतिशत,दक्षिण कोरियाको कोस्पी १.२ प्रतिशत, अस्ट्रेलियाको ०.३ प्रतिशतले आरोलो लाग्यो । 

यसैगरी फिलिपिनस, इन्डोनेसिया र सिंगापुरका शेयर बजार तल झ¥यो भने मलेसियाको बजार केही उक्लिएको देखियो । चीन र ताइवानका शेयर बजार बन्द रहेका थिए ।

तर ट्रम्पले सीसँगको वार्ताको सम्भावनालाई पूरा खारेज भने गरेनन् । तर मार्च २ अघि वार्ता हुने हो कि भनेर सोधिएको प्रश्नको जवाफमा मुन्टो हल्लाएर नाइ भनेका थिए ।

डिसेम्बरमा ट्रम्प र सीबीच भएको वार्तामा ९० दिने महसुल थपथाप युद्धविराम गर्ने निर्णय गरिएको थियो ।

दुई देशका प्रतिनिधिहरूबीच नयाँ सम्झौताका विषयहरूमा निरन्तर छलफल भइरहेका छन् ।