काभ्रेमा विमानस्थल नबनाउन पर्यटनमन्त्री योगेश समक्ष काँग्रेस सांसद दिव्यमणिको माग 

काभ्रेमा विमानस्थल नबनाउन पर्यटनमन्त्री योगेश समक्ष काँग्रेस सांसद दिव्यमणिको माग 

काठमाडौ., १९ साउन । 

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई नेपाल भ्रमण वर्ष २०२० सुरु हुन पाँच महिना मात्रै बाँकी रहेकाले प्रभावकारी ढंगले काम गर्न सुझाव दिएको छ ।
नेपाल भ्रमण वर्षको तयारी प्रभावकारी नभएको भन्दै केही सांसदले भ्रमण वर्षको सचिवालयलाई चुस्त हिसाबले कामको निर्देशन दिन पनि मन्त्री भट्टराईलाई सुझाव दिएका छन् । 

बैठकमा नेकपाका नेता तथा सांसद माधवकुमार नेपालले नेपालको ऐतिहासिक र सांस्कृतिक महत्वलाई केन्द्रमा राखेर नेपाल भ्रमण वर्षको प्रचारप्रसार तथा कार्यक्रम बनाउर्ने बता । उनले विश्वभर १ खर्ब नागरिकले हिन्दू धर्म मान्ने गरेको र नेपालले कम्तिमा १ करोड हिन्दू धर्मावलम्बीलाई आकर्षण गर्न सक्नुपर्ने बताए ।

यस्तै नेता नेपालले पैसा कमाउनकै लागि पर्यटकलाई फेक रेक्स्यु गर्ने विकृति पनि तत्कालै हटाउनुपर्ने बताए । नेपाल वायुसेवा निगमका वाइडबडी जहाजलाई लामा र ठूला गन्तव्यमा उडाउन पनि उनले माग गरे ।

यस्तै नेपाली समितिका सदस्य तथा कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले विकट ठाउँका विमानस्थल सञ्चालनमा जोड दिन आग्रह गरे । उनले काभ्रेमा आन्तरिक विमानस्थल बनाउने तयारी भैरहेकोमा आपत्ति जनाउँदै दुर्गम क्षेत्रका विमानस्थल सञ्चालन र निर्माणमा ध्यान दिन सुझाव दिए ।