अमेरिकामा बन्दुक आक्रमणः ओहायो राज्यमा फेरि अर्को गोलिकाण्ड, नौ जनाको मृत्यु

 अमेरिकामा बन्दुक आक्रमणः ओहायो राज्यमा फेरि अर्को गोलिकाण्ड, नौ जनाको मृत्यु

साउन १९ ।  अमेरिकाको ओहायो राज्यको ओरेगनमा भएको बन्दुक आक्रमणमा नौ जनाको मृत्यु भएको छ भने कम्तीमा १६ जना घाइते भएका छन् । 

ओरेगनको डेटनस्थित एउटा मदिरालयबाहिर भएको उक्त घटनाबारे पहिलो विवरण स्थानीय समयानुसार १ः०० बजे (नेपाली समयानुसार बिहान १०ः४५ बजे) प्राप्त भएको थियो । 

आक्रमणकारी प्रहरी कारबाहीमा मारिएको प्रहरीले पुष्टि गरको छ । घटनामा हताहत भएकाहरुलाई स्थानीय अस्पलातमा लगिएको प्रहरीले जनाएको छ ।

टेक्सस राज्यको एल पासोमा २० जनाको ज्यान जानेगरी बन्दुक आक्रमण भएको २४ घण्टाभित्रै ओहायो राज्यमा पनि उस्तै प्रकृतिको यो घटना भएको हो । एजेन्सी