विप्लव पक्षका केन्द्रीय नेता मोहन कार्की ‘जिवन्त’ रिहा 

विप्लव पक्षका  केन्द्रीय नेता मोहन कार्की ‘जिवन्त’ रिहा 

विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय नेता मोहन कार्की ‘जिवन्त’ रिहा भएका छन् । 

सरकार र विप्लव पक्षविच बार्ता हुनुपर्छ भन्ने मान्यता राख्दै आएका जिवन्तको रिहाइले बार्ताका लागि सकरात्मक सन्देश जाने विश्वास गरिएको छ । 

केन्द्रिय नेता मोहन कार्की पार्टीभित्र निकै स्थापित छन् । उनको गिरफ्तारीले विप्लव पार्टीमा ठूलै क्षति भएको थियो । उनको यो रिहाइले सरकार विप्लव पार्टीसँग बार्ता गर्नका लागि सकरात्मक छ भन्ने सन्देश दिएको  अर्थमा राजनीतिक विश्लेषकहरुले बुझेका छन् । 

गृहमन्त्रीका राजनैतीक सल्लाहकार सूर्यप्रकाश सुवेदी पथिकले विप्लवपसँग बार्ता गर्ने सम्भावनालाई झिल्कोसँग हिजोमात्र संकेत गरेका थिए ।  

यो पनि पढ्नुहोस्

वार्ताको विकल्प छैन : मोहन कार्की

विप्लव पक्षसँग वार्ताको सम्भावना छ