दासत्व बाँचिरहेका मानिस दुनियाँमा ४ करोड भन्दा बढी

दासत्व बाँचिरहेका मानिस दुनियाँमा ४ करोड भन्दा बढी

काठमाडौ । १९औं शताब्दीमा दासत्व समाप्त गरिएको भएपनि २१औं शताब्दीको दोस्रो दशकसम्म दुनियाँबाट निर्मूल हुन सकेको छैन् ।

अनुसन्धानकर्ताहरूले जनाए अनुसार यो स्वरूप फेरिएको अवस्थामा छ ।  वाक फ्री नामक संस्थाले गरेको अध्ययन अनुसार सन् २०१८मा ४ करोड ३ लाख भन्दा बढी मानिस दुनियामा दासत्वमा बाँचिरहेका छन् । ती मध्ये महिलाको संख्या बढी रहेको छ ।

आधुनिक दाससम्बन्धी यो अनुसन्धान वाक फ्रीले गरेको हो ।

औपचारिकरूपमा अहिले आधुनिक दासको परिभाषा गरिएको छैन् ।

संयुक्त राष्ट्रसंघले यसबारे भन्छ  –मानिसहरूलाई मन नलागी नलागी काममा लगाउने र कुनै किसिमको सजायको खतरा रहने अवस्थामा रहेका मानिसलाई दास हुन्छ ।”

यो अवस्थालाई सन् २०३०सम्म समाप्त पार्ने अभियानमा यी संस्थाहरू रहेका छन् ।

मानव तस्करी , बलपूर्वक काममा लगाउन र बाल श्रमिकको अवस्थालाई  समाप्त पार्ने अभियान सञ्चालन गर्ने वाक फ्रीले जनाए अनुसार आधुनिक दासको संख्या बढिरहेको छ ।

आधुनिक दासको संख्या विशेष गरी  आपूर्ति चेनको व्यवसायमा बढिरहेको उसले जनाएको छ ।  

वाक फ्रीकी वैश्विक प्रवन्धक क्याथरिन ब्रायन्टले अनुगमनको अवस्था खराब रहेका आपूर्ति चेनमा १ करोड ६० लाख दासको जस्तो काम गरिरहेका छन् ।

यो संख्यामा बाल श्रमिक र घुमफिरको सिमित स्वतन्त्रताको सुविधा भएका कामदारलाई समावेश गरिएको छैन् ।

दास श्रमिको सेवा लिने व्यवसायका उत्पादन खरिदमा रोक लगाउने कानुन बारे  १९३ राष्ट्रसंघीय देशहरू मध्येबाट १८३ देशको अध्ययन यो अनुसन्धानमा गरिएको छ ।

ती मध्ये ४० भन्दा कम देशमा यस्तो कानुन रहेको पाइन्छ । 

झन कानुन भएका देशहरूमा पनि यो कानुनको प्रभावकारी कार्यान्वयन भइरहेको पाइएको छैन् ।

उपभोक्ता वस्तुहरूको आपूर्ति गर्ने चेनका व्यवसायिक कम्पनी, फेसन र टेक उद्योगमा दासहरूको उपयोग गरेको पाइएको छ।