भारतका मुख्यमन्त्रीहरू नजरबन्दमा, जम्मु काश्मिरमा कफ्र्यु
काठमाडौ । भारतको जम्मू–कश्मिर प्रान्तका तीन मुख्यमन्त्रीहरूलाई उनीहरूकै घरमा नजरबन्द गरिएको छ ।
आइतबार राति १२ बजेदेखि पूर्व मुख्यमन्त्रीहरू फारूक अब्दुल्ला, उमर अब्दुल्ला र महबूबा मुफ्तीलाई नजरबन्द गरिएको हो ।
सुरक्षाको संवेदनशीलता बढदै गएका कारण त्यहाँ १४४ धारा लागू गरिएको छ । स्थानीय प्रशासनले प्रान्तमा आयोजना हुने ¥याली प्रदर्शनमा रोक लगाएको छ
मोबाइल इन्टरनेट बन्द गरिएको छ । सोमवारदेखि शैक्षिक संस्थान बन्द रहने आदेश जारी गरिएको छ ।
कांग्रेस नेता उस्मान मजीद र माकपा विधायक एमवाई तारिगामीले राति ट्विट गरेपछि उनीहरूलाई हिरासतमा लिइएको छ ।
पूर्वमुखयमन्त्री उमर अब्दुल्लाले राति ११.३०बजे गरेको आफ्नो ट्विटमा भने “मध्यरात देखि मलाई घरमै नजरबन्द गर्न सकिने आंशका आफूलाई छ ।
मुख्यधारका नेताहरूका बारेमा यस्तै प्रक्रिया हुन सक्नेछ । सत्य जान्न पाउने अन्य कुनै तरिका बाँकी छैन् ।
यो सत्य हो भने हेरौ अगाडी के के हुने हो ? मलाई थाहा छैन् जम्मु काश्मिरका जनताका लागि के भइरहेको छ ? सबै सुरक्षित भइ शान्ति बनाइ राखौं ।”
महबूबाले राति ११.३४ बजे गरेको आफ्नो ट्विटमा पनि यस्तै आंशका व्यक्त गरेकी थिइन् । काश्मिरका केही क्षेत्रमा कफ्र्यु आदेश दिइएको छ ।
इन्टरनेट र मोबाइल सेवा बन्द गरी सरकारी अधिकारीहरूलाई स्याटेलाइट फोन दिइन थालिएको छ ।
आइतबार भारतका गृहमन्त्री अमित शाहले राष्ट्रिय सुरक्षा नियोगका अजित डोभालसँग नयाँ दिल्लीमा छलफल गरेका थिए ।
अर्कोतर्फ फरूक अब्दुलाको घरमा महबूबा लगायत स्थानीय दलका नेताहरूको बैठक भएको थियो ।
उनीहरूले केन्द्रको कारबाहीको विरोध गरेका थिए ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानी राष्ट्रिय सुरक्षा समितिको बैठक गरे पछि काश्मिर सीमाका बारेमा राष्ट्रसंघले छिट्टै हस्तक्षेप गर्नुपर्ने माग गरे ।
कांग्रेस नेता शशि थरूरले नजरबन्द गरिएका काश्मिरी नेताहरू प्रति समर्थन जाहेर गरे ।
प्रतिक्रिया