यसकारण भैरहेछ सुनको भाउमा दैनिक रेकर्ड ब्रेक, तोलाको ६७ हजार ८ सय पुग्यो

यसकारण भैरहेछ सुनको भाउमा दैनिक रेकर्ड ब्रेक, तोलाको ६७ हजार ८ सय पुग्यो

काठमाण्डौ – सुन अहिलेसम्मकै महँगो भएको छ । सुनको भाउ सोमबार अहिलेसम्मकै महंगो तोलाको ६७ हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो १९ गते आइतबार सुनको भाउ तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको थियो । सोमबार आइतबारको तुलनामा तोलामा १ हजार ५ सय रुपैयाँ बढेको हो ।

अमेरिकाले आउँदो सेप्टेम्बर १ देखि लागू हुने गरि चिनियाँ सामानमा १० प्रतिशत कर बढाएको तथा सेयर बजार कमजोर भएकाले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको महासंघ अन्तरर्गतको सुनको भाउ निर्धारण समितिका संयोजक एवं पूर्व महासंघका पूर्ण अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए । 

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपाली बजारमा पनि प्रभाव परेको हो । चाँदीको भाउ भने प्रति तोलामा २० रुपैंयाले बढेर ७९५ रुपैंयामा कारोबार भैरहेको छ । 

अमेरिका र चीन बिच चलिरहेको ब्यापार युद्ध मत्थर हुने कुनै संकेत नदेखिइनुले अन्तराष्ट्रिय लगानीकर्ताहरु सुरक्षित लगानीको रुपमा रहेको सुनतर्फ आकर्षित हुँदा सुनको मूल्य बढ्न गएको हो । 

यस अघि झिल्कोले सुनको भाउ ७० हजार वरपर हुनसक्ने समाचार प्रकासित गरेको थियो । 

यो पनि पढ्नुहोस्....

सुनको भाउ आकासियो, तोलामा ६६ हजार ३ सय