मन्त्री योगेश भट्टराईलाई शुभकामना दिन जाँदै हुनुहुन्छ ? छैन समय !

मन्त्री योगेश भट्टराईलाई शुभकामना दिन जाँदै हुनुहुन्छ ? छैन समय !

काठमाण्डौ, २० साउन । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले सोमबारदेखि भेटेर शुभकामना नलिने बताएका छन् ।

सोमबार एक विज्ञप्ति निकालेर मन्त्री भट्टराईले समर्थकहरुसँग भेटेर शुभकामना लिँदा मन्त्रालयको कामकाजमा असर परेको भन्दै भेटेर शुभकामना लिन असमर्थ रहेको जानकारी गराएका छन् । 

मन्त्री भट्टराईले उल्लेख गरेका छन्, ‘यहाँहरुले म प्रति प्रकट गर्नु भएको स्नेह एवम् शुभकामना मेरा लागि कार्यसम्पादन गर्ने ऊर्जाको रुपमा रहने विश्वास गरेको छु । मन्त्रालयको कार्यभार ग्रहण गरेसँगै कार्यव्यस्तताले गर्दा यहाँहरुको अपेक्षा अनुरुप समय उपलब्ध गराउन कठिनाइ भएकोमा आगामी दिनमा यहाँहरुका अमूल्य सुझाव र सल्लाहका लागि सम्पर्क गर्ने विश्वास दिलाउन चाहान्छु । साथै मन्त्रालयको कार्यव्यस्तताले गर्दा आजदेखि शुभकामना तथा बधाइका लागि समय उपलब्ध गराउन कठिनाइ हुने कुरा सविनय अनुरोध गर्दछु ।’