भारतद्वारा जम्मू कश्मीर राज्यलाई दिइएको संवैधानिक विशेषाधिकार खारेज

भारतद्वारा जम्मू कश्मीर राज्यलाई दिइएको संवैधानिक विशेषाधिकार खारेज

भारत सरकारले जम्मू कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरिदिएको छ । 

राष्ट्रपति रामनाथ कोविन्दले जम्मू कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको सूचना जारी गरेका छन् । दोस्रो कार्यकालका लागि पुनः प्रधानमन्त्री निर्वाचित नरेन्द्र मोदी नेतृत्वको सरकारले सो सम्बन्धी सूचना राज्यसभालाई दिएको हो । 

तनावग्रस्त राज्यसभामा केन्द्रीय गृहमन्त्री अमित शाहले जम्मू कश्मीरलाई विधानसभासहित केन्द्रीय सरकार मातहत रहने निर्णय गरिएको बताए । पहिला अस्थायी व्यवस्थाका रूपमा कार्यान्वयन गरिएको धारा ३७० का खारेज सम्बन्धमा भारतीय संविधान स्पष्ट छैन । 

संसद्को दुवै सदनले दुईतिहाइ बहुमतले संविधान संशोधन पारित गर्नुपर्ने व्यवस्था भए पनि धारा ३७० (३) मा राष्ट्रपतिको आदेशलाई जम्मू कश्मीरको संविधानसभाले पारित गर्नुपर्ने लेखिएको छ । 

अहिले कश्मीरमा हजारौँ सैनिक परिचालित भएका छन् । बीबीसीबाट