नचाहदा नचाहदै द्वन्द्व हुनसक्छः प्रचण्ड

नचाहदा नचाहदै द्वन्द्व हुनसक्छः प्रचण्ड

काठमाडौं ।  नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको अवस्था हेर्दा नचाहँदा नचाहँदै देशमा फेरि एकपटक भयानक द्वन्द्व आउन सक्ने बताएका छन् ।  

राजधानीमा भएको एक कार्यक्रममा अध्यक्षले सो कुरा बताएका हुन । 

शान्ति प्रक्रियाको मर्म र भावना विपरित काम भइरहेको प्रति आक्रोस व्यक्त गर्दै प्रचण्डले भने,  ‘शान्ति सम्झौताको मर्म र भावना विपरीत पुलिसले मुद्दा अगाडि बढाउने काम सुरु गरेको छ’ ‘यदि हामीले शान्ति सम्झौतामा जे प्रतिज्ञा गर्यौँ र संविधानसभाबाट संविधान बनाउँदा जे जति अधिकार प्रत्यायोजन गर्ने कुरा गर्यौँ त्यो कुरालाई इमान्दारिताका साथ लागू गरिएन भने फेरि एक पटक हामीले नचाहँदा नचाहँदै द्वन्द्व आउन सक्छ।’ 


‘हामीले  पुरानो संस्कृति पुरानो संरचना, पुरानो कार्यशैलीलाई नबदलेमा हामी जहाँ छौँ त्यही उभिदा उभिदै देशमा,  मधेसमा एउटा ढंगले र पहाडमा अर्को ढंगको विकराल स्थिति सिर्जना हुनसक्नेमा अध्यक्ष प्रचण्डको चिन्ता थियो ।   

माओवादीलाई सिध्याइहालियो भन्ने कसैले ठानेको छ भने त्यो दुर्भाग्यपूर्ण हुन्छ भन्दै प्रचण्डले भने’, ‘अर्को माओवादी जन्मिन्छ र झन ठूलो लडाइँ हुने खतरा आउँछ ।’  

शान्ति प्रक्रिया खल्बल्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरु सल्बलाइरहेको बेलामा अध्यक्ष प्रचण्डको यो चेतावनीयुक्त मन्तव्य आएको छ । 

 बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद २६ माघ २०७१ मा सकिदै थियो । आज नै त्यसको एक वर्षका लागि म्याद थपिएको छ । 

 यसको म्याद नथप्न र देशमा नयाँ द्वन्द्व गर्नका लागि राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा पापड बेलिदैं थियो ।