अमेरिका दक्षिण कोरिया संयुक्त सैनिक अभ्यासलाई चेतावनी दिन उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षण
काठमाडौं । उत्तर कोरियाली नेता किम जोंग उनले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैनिक अभ्यासलाई चेतावनी दिन आफूले निर्देशित क्षेप्यास्त्र मंगलबार परीक्षण गरेको बताएका छन् ।
उत्तर कोरियाको राजकी सञ्चार माध्यम केसीएनएले बुधबार यो जानकारी दिएको हो ।
उत्तर कोरियासँगको परमाणु कार्यक्रम रोक्न गरिएको वार्ता स्थगित गरि अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैनिक अभ्यासको सन्दर्भमा किमले दुई साता भित्र मंगलबार चौथो क्षेप्यास्त्र परीक्षण गरेका हुन् ।
यो क्षेप्यास्त्र परीक्षण संयुक्त सैनिक अभ्यासका लागि पर्याप्त चेतावनी भएको उनले बताए ।
नयाँ किसिमको निर्देशित क्षेप्यास्त्रहरू उत्तर कोरियाको पश्चिमी क्षेत्रमा परीक्षण गरियो ।
उत्तरी कोरियामा सत्ता पलटको उद्देश्यले अमेरिका र दक्षिण कोरियाले युद्दको पूर्वाभ्यास गर्न खोजेको किमको बुझाइ भएको देखिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमले जुनमा अन्तर कोरियासीममा भेटेका थिए ।
टोकियो भ्रमणमा रहेका अमेरिकी रक्षा मन्त्री मार्क एस्परले क्षेप्यास्त्र परीक्षणबारे बढी प्रतिक्रिया अमेरिकाले न जनाउने बताए ।
प्रतिक्रिया