असरहीन बन्दै अमेरिकाको इन्डो प्यासिफिक रणनीति

 असरहीन बन्दै अमेरिकाको इन्डो प्यासिफिक रणनीति

काठमाडौ । अमेरिकी रक्षामन्त्री मार्क एस्परले शनिबार इन्डो प्यासिफिक राण्नीति अन्तर्गत एसियामा अन्तरमाध्यमिक दुरीसम्म मार हान्न सक्ने क्षेप्यास्त्रहरूको तैनाथी गर्न खोजेको योजना सार्वजनिक गरे लगतै यो रणनीति असरहीन बन्न शुरू भएको छ ।

इन्डो प्यासिफिक रणनीति अन्तर्गत अमेरिकाले एसियामा क्षेप्यास्त्र तैनाथ गर्ने भनेको सम्भावित महत्वपूर्ण देशहरूमा जापान, दक्षिण कोरिया र अस्ट्रेलिया रहेका छन् ।

अमेरिकाको पहिलो रोजाइका यी देश मध्ये अस्ट्रेलियाले चीनलाई अप्ठयारो हुने गरी अमेरिकी क्षेप्यास्त्रलाई ठाउँ नदिने जनाएपछि विज्ञहरूले यो रणनीति असरहीन बन्न शुरू भएको टिप्पणी गर्न थालेका हुन् ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले यस्तो जनाएका हुन् ।

अमेरिकाको यो रणनीति अस्ट्रेलियाका लागि हानिकारक हुन सक्ने समेत जनाए ।

अमेरिकालाई नाइ भन्न पाउने अधिकार अस्ट्रेलियासँग रहेको उनले जनाए ।

चीन उदीयमान देश यो क्षेत्रमा बनेको छ । चीनले यस क्षेत्रको विकासका लागि सहयोग गरिरहेको छ । 

अमेरिकाको व्यवहार ध्वंसात्मक रहेका छ ।

एसिया प्रशान्त क्षेत्रमा रणनीतिक वर्चस्व खोजिरहेको अमेरिकाले चीन र रूसलाई असन्तुष्ट पार्नेछ ।

उसलाई असन्तुष्ट पारेर इन्डो प्यासिफिक रणनीतिलाई अगाडि बढाउन खोजे विवाद उत्पन्न हुने छ ।

यो खतरनाक खेलमा यस क्षेत्रका कुनै देशले सहभागीता नजनाउने विषयमा अमेरिका  स्पस्ट भए हुनेछ ।

यस क्षेत्रका देशहरूले अमेरिकाको इन्डो प्यासिफिक स्ट्रेटजीमा सहभागी हुनु भनेको क्षेत्रीय अराजकतामा फस्ने र आफ्नो राष्ट्रिय खतरामा पार्ने विषय बुझेका छन् ।