प्रधानमन्त्रीमा दिदीको मनोनयनप्रति थाइल्यान्डका राजा असन्तुष्ट

 प्रधानमन्त्रीमा दिदीको मनोनयनप्रति थाइल्यान्डका राजा असन्तुष्ट

थाइल्यान्डका राजा वाजीरालोङकनले आफ्नी दिदीद्वारा प्रधानमन्त्री पदका लागि गरिएको उम्मेदवारीको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

थाइल्यान्डको राजपरिवारबाट जारी विज्ञप्तिमा उनको उम्मेदवारी देशको संस्कृतिविरूद्ध हुने उल्लेख गरिएको छ ।

६७ वर्षीय राजकुमारी उबोलरत्ना माहिदोलालाई  पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको सहयोगी पार्टीले उम्मेदवार बनाएको छ ।

राजमहलको विज्ञप्तिमा माहिदोलाले शाही उपाधि छोडे पनि उनी चाक्री बंशको सदस्य भएकोले राजनीतिमा शाही परिवारको संलग्नता भएकाले थाइल्यान्डको संस्कृतिको विरोध हुने जनाइएको छ ।

आफू आम नागरिकको रूपमा रहेकाले आम नागरिकले पाउने अधिकारको उपयोग गरी चुनाव लडेको उनले बताएकी छिन् ।

उनी दिवंगत राजा भूमिबोलका सबैभन्दा ठूलो सन्तान छिन् । १९७२मा अमेरिकीसँग विवाह गर्ने बेला शाही उपाधि त्याग गरेकी थिइन् ।

पतिसँगको सम्बन्ध विच्छेदपछि सन् २००१ मा थाइल्यान्ड फर्केकी थिइन् । 

विश्लेषकका अनुसार राजाको हस्तक्षेपका कारण त्यहाँको निर्वाचन आयोगले उनको मनोनयनलाई अमान्य गर्नसक्ने अड्कल गरिएको छ ।