सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ ! यस्तो छ मूल्य बढ्नुको खास कारण...
काठमाडौं, २३ साउन । सुनको मूल्य दिदानुदिन बृद्धि हुँदै नयाँ रेकर्ड राख्ने क्रम जारी हुँदैगर्दा बिहीबार सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी मूल्य हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी कायम गरेको हो ।
मंगलबार १५ सयले बढेर प्रतितोला ६८ हजार ८ सयमा कारोबार भयो । बुधबार ६९ हजार ५ सयमा कारोबार भएको सुन बिहीबार ७० हजार पुगेको हो । नेपाली बजारमा दिनदिनै नयाँ रेकर्ड राखेको सुनको मूल्य विश्व बजारमा भने यसअघिको उच्च मूल्यमा पुगेको छैन ।
अहिले अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर भएका कारण सुनको मूल्य बढी भएको हो । अमेरिका र चीनको व्यापार युद्ध र अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर घटाउनुलाई नै अहिले सुनको मूल्य बढ्नुको प्रमुख कारण मानिएको छ ।
प्रतिक्रिया