राष्ट्रसंघमा भेनेजुएला निर्वाचनको प्रस्ताव ल्याउँदै अमेरिका

राष्ट्रसंघमा भेनेजुएला निर्वाचनको प्रस्ताव ल्याउँदै अमेरिका

अमेरिकाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्बाट भेनेजुएलामा निर्वाचन गराउने प्रस्ताव पारित गराउने खोजेको छ ।

सो प्रस्तावले भेनेजुएलामा त्यहाँको सेनाले भइरहेको शान्तिपूर्ण प्रदर्शनमा अत्यावश्यक शक्ति प्रयोग गरेको भन्दै यो प्रस्तावको मस्यौदा प्रस्तुत गरेको हो । 

तर यो प्रस्ताव रूसको विरोधमा निस्तेज हुने देखिएको छ । सुरक्षा परिषद्मा भिटो पावरको अधिकार बोकेको रूसले सो प्रस्तावलाई पारित हुन नदिने देखिएको छ ।

अमेरिकाले भेनेजुएलाको स्वघोषित अन्तरिम राष्ट्रपति जुआन गुआइदोलाई दिएको समर्थनको रूसले विरोध जनाएको छ । रूसले यो मामिला भेनेजुएलाको आन्तरिक मामिला भएको जनाएको छ ।

अमेरिकाको सो प्रस्ताव भेनेजुएलाका निर्वाचित राष्ट्रपति निकोलास मदुरोलाई अपदस्थ गराउनका लागि ल्याउन लागिएको हो ।

भेनेजुएलाको राजनीतिले विश्वका शक्ति राष्ट्रहरूलाई दुई ध्रुवमा विभाजित गरेको छ । रूस चीनलगायतका देशहरू एकातिर छन् भने अमेरिकालगायतका देश अर्को तर्फ छन् ।