आईएमएफद्वारा वैश्विक आर्थिक आँधीबाट जोगिन सरकारहरूलाई आह्वान

आईएमएफद्वारा वैश्विक आर्थिक आँधीबाट जोगिन सरकारहरूलाई आह्वान

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले आर्र्थिक आँधी आउन थालेकोले त्यसका लागि विश्वभरका सरकारहरूलाई सतर्क रहन आह्वान गरेको छ ।

विश्वको आर्थिक बृद्धि अपेक्षा गरेभन्दा धेरै तल गएकाले आर्थिक आँधी आउन सक्ने आईएमएफले जनाएको छ ।

दुबईमा आयोजित विश्व सरकार शिखर सम्मेलनमा आईएमएफकी प्रवन्ध निर्देशक क्रिस्टिन लाग्रेडले भनिन् “हामीले अपेक्षा गरेभन्दा धेरै धेरै सुस्त गतिमा आर्थिक बृद्धि भइरहेको छ । यो नै चिन्ताको विषय हो ।” 

आईएमएफले गत महिना आफैले गरेको विश्वको आर्थिक बृद्धिको पूर्वानुमान घटाएको थियो । गत महिना यो विश्वको आर्थिक बृद्धि ३.७ प्रतिशतलाई घटाएर ३.५ प्रतिशत गरेको थियो ।

लाग्रेडले विश्व अर्थतन्त्रलाई अधोगतितर्फ डो¥याउने र नयाँ आँधी आउन सक्ने चार प्रमुख कारण औंल्याइएकी छिन् । त्यसलाई उनले ‘चार बादल (फोर क्लाउड्स)’ भनेकी छिन् ।

जोखिमहरूमा ‘व्यापार तनाव र भन्सार महसुल बढाबढ’, ‘कस्सिदै वित्त’,‘ब्रेग्जिटको अनिश्चितता’ र ‘चिनियाँ अर्थतन्त्रमा बढ्दै गएको आर्थिक बृद्धिको सुस्तता र यसको फैलिदो असर’ रहेका छन् ।

यी चारमध्ये सबैभन्दा ठूलो चिन्ताको विषय अमेरिका र चीनबीचको भन्सार महसुल बढाबढले निम्त्याएको व्यापार तनाव भएको लाग्रेडले भनिन् । विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच भएको यो व्यापार तनाव विश्वका अर्थतन्त्रमा फैलिएको छ ।

सरकारहरूलाई संरक्षणवाद त्याग्नुपर्ने चेतावनी दिँदै उनले भनिन् “अमेरिका र चीनबीचको तनावले कस्तो आकार ग्रहण गर्ने र अहिले नै विश्व व्यापारमा देखिन थालेको असरका कारण बजारहरूमा विश्वास कायम कसरी गर्ने ठोस विचार आफूहरूसँग केही देखिएको छैन् ।”

उनले भनिन् “जब धेरै बादलहरू हुन्छन् त्यहाँ चटयाङ्गको एउटै कम्पनले आँधी शुरू हुन्छ ।”