अमेरिकी कार्यवाहक रक्षामन्त्री अपर्झट काबुलमा

अमेरिकी कार्यवाहक रक्षामन्त्री अपर्झट काबुलमा

अमेरिकाको कार्यवाहक  प्रतिरक्षा मन्त्रीले अपर्झट अफगानिस्तानमा भ्रमणमा निस्केका छन् । 

अफगानिस्तानलाई शान्ति वार्तामा सहभागी हुन आग्रह गर्दै कार्यवाहक रक्षामन्त्री प्याट्रिक एम शानाहन राजधानी काबुलतर्फ प्रस्थान गरेका हुन् ।

सन् २०१९ जनवरी १ देखि प्रतिरक्षा उपमन्त्री शानाहानले अमेरिकाको कार्यवाहक रक्षामन्त्रीको जिम्मेवारी लिएर काम गर्दै आएका हुन् ।

अन्तर्राष्ट्रिय क्षेत्रमा बदलिदो र गहिरिदो राजनीतिक एवम् कूटनीतिक द्वन्द्व विकसित भइरहेको अवस्थामा यो क्षेत्रमा शक्तिराष्ट्रको चलखेल तीव्र भएको छ ।