पर्यटनले कामै गर्न सकेन
काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले अपेक्षित लक्ष्य पूरा गर्न कामै नगरेको देखिएको छ ।
सरकारको १४औं राष्ट्रिय योजना अन्तर्गत पर्यटन क्षेत्रका लागि तय गरिएका प्रमुख लक्ष्य पूरा गर्न पर्यटन मन्त्रालय असफल भएको देखिएको हो ।
मन्त्रालयले हालै सार्वजनिक गरेको १४औं राष्ट्रिय योजना सम्बन्धी प्रगति प्रतिवेदनमा निधारित लक्ष्य पूरा नभएको उल्लेख गरिएको छ ।
निर्धारित पर्यटक भित्र्याउने लक्ष्य पूरा भएको देखिएको छैन् ।
आर्थिक वर्ष ०७२–७३मा ७लाख १० हजार पर्यटक नेपाल आएको आधारमा सरकारले ०७३–७४मा ८ लाख ०७४–७५मा १०लाख र ०७५–७६मा १२ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो ।
तर पनि ०७३–७४मा ७ लाख ५३ हजार २ , ०७४–७५मा ९लाख ४० हजार र ०७५ –७६मा ११ लाख पर्यटक भित्रिएको छ ।
मन्त्रालयले विदेशी मुद्रा आर्जन गर्ने लक्ष्यमा पनि असफल भएको देखिएको छ ।
०७२–७३मा ४९ करोड ७० लाख अमेरिकी डलर बराबरको विदेश मुद्रा आर्जन गरेको आधारमा क्रमिकरूपमा ५९ करोड ४०लाख, ८० करोड र १ अर्ब ८ करोड बराबरको विदेशी मुद्रा आर्जन गर्ने योजना थियो तर त्यस अनुरूपको लक्ष्य प्राप्त हुन सकेको देखिएको छ ।
क्रमिकरूपमा ५१ करोड, ६२ करोड र ६७ करोड अमेरिकी डलर बराबरको विदेशी मुद्रा आर्जन गरिएको देखिएको छ ।
प्रतिक्रिया