नेपालमा गरिने लगानीको जोखिममा सुधार हुँदै

नेपालमा गरिने लगानीको जोखिममा सुधार हुँदै

काठमाडौ । लगानी जोखिम हुने देशहरूको सूचीमा नेपालको लगानी जोखिमको अवस्थामा सुधार हुँदै गएको देखिएको छ ।

लगानी जोखिमको अवस्थाबारे युरोमनी डटकमले गरेको सर्वेक्षणका आधारमा नेपालमा हुने लगानीको जोखिममा सुधार भएको देखिएको हो ।

युरोमनी डटकमले १८६ देशको सर्वेक्षण गरेको हो । त्यस आधारमा नेपालको अवस्थामा ५ अंकले सुधार भएको छ ।

यसबाट लगानीका आधारमा नेपाल थप राम्रो भएर राम्रो हुने स्तरमा उक्लिएको हो ।

अघिको तुलनामा नेपाल १४ स्थान माथि उक्लिएको हो ।

नेपालको अवस्थामा ५.५८अंकले सुधार आएको हो भने माल्दिभ्समा १.७९ र इथोपियामा ०.९३ अंकले सुधार भएको हो ।

यस आधारमा लगानी जोखिमको आधारमा नेपालको भन्दा इथोपिय, ग्रीस , बंगलादेशको अवस्था राम्रो रहेको छ ।