हामी स्वतन्त्र राष्ट्रको हिसावले स्वतन्त्र निर्णय गर्न सक्छौं : प्रधानमन्त्री

हामी स्वतन्त्र राष्ट्रको हिसावले स्वतन्त्र निर्णय गर्न सक्छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रजातन्त्रको विकास र सुदृढीकरणमा आपराधिक, आतंककारी, विकास विरोधी र चन्दा आतंकका क्रियाकलाप ठूलो चुनौतीको रुपमा रहेको बताएका छन् । 

त्यस्तै जनतामा भ्रम र निराशा फैलाउने प्रवृत्ति पनि चुनौती रहेको बताउँदै प्रम ओलीले भनेका छन्, ‘नेपालमा केही नहुने भयो भन्ने पारिएको छ ।’

६९ औं प्रजातन्त्र दिवस मूल समारोह समितिलाई सम्बोधन गर्दै प्रम ओलीले संविधानले सबैलाई बाटो दिएकै छ, सरकार परिवर्तन, व्यवस्था परिवर्तनका लागि पनि दिएको छ भन्दै तर त्यो विधिमा चल्नुपर्ने उनको भनाइ थियो । 

प्रम ओली भने, ‘क्रान्तिकालमा भावनात्मक कुरा गरे पुग्थ्यो, अब सबैले रचनात्मक, सिर्जनात्मक, जिम्मेवार भावना प्रेरित गर्ने मानवीय भावना, राष्ट्रिय भावना प्रस्तुत गर्नुपर्छ ।’

‘हाम्रो विविधता खासगरी सामाजिक विविधतालाई भयानक दुरुपयोग गरियो । द्वन्द्वको खेती, घृणाको खेती गरियो । हामीले द्वन्द्वको उद्योग बन्द गराइयो । हाम्रो समस्या हामीले नै सम्बाधेन गर्ने हो । हामी स्वतन्त्र राष्ट्रको हिसावले स्वतन्त्र निर्णय गर्न सक्छौं ’ प्रम ओलीले जोड दिंदै भने । 

प्रधानमन्त्रीको नेतृत्वमा बनेको मूल समारोह समितिले ६, ७ र ८ गते प्रजातन्त्र दिवस मनाउँदैछ ।