बामदेव गौतम नेकपाको उपाध्यक्षमा प्रस्ताव
काठमाडौं, ३१ साउन । शुक्रबार बालुवाटरमा बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले नेता बामदेव गौतमलाई पार्टीको उपाध्यक्ष पदको लागि प्रस्ताव गरेको छ ।
बैठकले गौतमलाई उपाध्यक्ष चयन गरी अनुमोदनका लागि स्थायी कमिटीमा पठाउने निर्णय गरेको हो ।
नेता गौतमलाई उपाध्यक्ष बनाउन प्रधानमन्त्री ओलीले प्रस्ताव गरेका थिए ।
प्रतिक्रिया