‘भ्यालेन्टाइन डे’मा ‘इन्डो प्यासिफिक’का लागि भारत अमेरिकाबीच कस्सिएला र लगनगाँठो ?

‘भ्यालेन्टाइन डे’मा ‘इन्डो प्यासिफिक’का लागि भारत अमेरिकाबीच कस्सिएला र लगनगाँठो ?

भारत र चीन दुबैलाई  आफ्नो उत्तोलकको सन्तुलनमा राख्न खोज्ने गरी अमेरिकाले तयार पारेको हिन्द प्रशान्त महासागरीय रणनीति ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ मा भारतलाई लगन गाँठोमा बाँध्नु अघि चुम्बन आदान प्रदान ‘किसिंग’ मोमेन्टोको आयोजना गरेको छ ।

यो वर्षको ‘भ्यालेन्टाइन डे’ फेब्रुअरी १४ मा अमेरिकी व्याणिज्य मन्त्री विल्बर रोस भारतका संघीय वाणिज्यमन्त्री सुरेश प्रभुसँग सवांद गर्न नयाँ दिल्ली आइपुग्दैछन् ।

यो संवादको औपचारिक विषयहरूमा व्यापारका विषय महत्वपूर्ण छैनन् । तर यी दुई देश अहिले व्यापार तनाव अकाशिदो छ । 

सन् १९७०को मध्यदेखि भारतलाई पाउँदै आएको व्यापार लाभलाई अमेरिकाले तत्काल खारेज गर्न सक्ने आंशकाबीच रोस भारत आउन लागेका हुन् ।

बजारमा पहुँच, व्यापार घाटा र लगानी कानुन लगायतका विषयहरूमा यी दुई देशबीच मतभेद रहेका छन् । तर पनि विगत दुई दशकदेखि यी देशले धेरै जटिल विषयहरूमा सहकार्य गरेको देखिएको छ ।

प्रभु र रोसले दुई देशबीचको सम्बन्धमा देखिएका यी पाठहरूबाट सिकेर अहिले कुनै बाटो पता लगाउन भ्यालेन्टाइन डेमा एक अर्कासँग भेट्न लागेका हुन् । 

यी दुईबीचको लगनगाँठो हुन अघि संवादमा समाधान गर्नुपर्ने केही महत्वपूर्ण विषय भनेको पहिलो अहिलेसम्मको सम्बन्धको पुनरावलोकन गर्नु हो । त्यो भनेको भारत अमेरिका व्यापार सम्बन्ध हो । यी दुई देशबीचको व्यापार वार्षिक करिब एक खर्ब ३० अर्ब अमेरिकी डलर बराबरको देखिन्छ । 

भारतको सन्दर्भमा  अमेरिका अहिले सर्वाधिक महत्वपूर्ण व्यापार साझेदार हुन सक्छ र अझ केही लामो समयसम्मका लागि महत्वपूर्ण रहन सक्छ । वासिंटनको सन्दर्भमा क्यानाडा, मेक्सिको, युरोपेली युनियन , जापान र चीनजस्तो महत्वपूर्ण व्यापार साझेदारको तुलनामा भारत निक्कै सानो आकारको अर्थतन्त्र हो । 

तर, अमेरिकाका लागि भारत तेस्रो ठूलो अर्थतन्त्रको रूपमा उदाउन थालेको सम्भावना बोकेको देश हो । यस परिदृश्यमा भारत र अमेरिका दुबैका  लागि एक गहिरो र दीगो व्यापार सम्बन्धमा बाँधिनुपर्ने आवश्यकता रहेको देखिन्छ ।

अहिले दुवै देशका लागि उनीहरूको आन्तरिक राजनीतिक कारणले यो लगनगाँठोको आवश्यकता र संवेदनशीलतालाई बढाएको पर्यवेक्षकहरूको बुझाइ छ । भारतमा चुनावमा प्रवेश गरेको छ यस्तोमा अमेरिकाले भारतलाई प्राप्त हुदैआएको सन् १९७० को दशक देखिको सुविधा कटौती गरे सत्तारूढ दललाई समस्या हुनसक्ने पर्यवेक्षण आफैंमा निराधार देखिन्न् ।

भारतको अमेरिकी निर्यात सानो भए पनि राजनीतिक प्रभाव भने समानुपातिक हुन सक्छ ।

भारतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्ववर्तीको तुलनामा विश्वसनीय नभएकाले सार्वजनिक दबाब सम्झौताका लागि त्यति रहेको पाइँदैन् । यस आधारमा भारतले अमेरिकाप्रति व्यापारसम्बन्धित विषयमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

ट्रम्पले अमेरिकाका लागि खुला व्यापार (फ्री ट्रेड) भन्दा न्यायपूर्ण व्यापार(फेयर ट्रेड)का लागि वकालत गरिआएका देखिएका छन् । 

ट्रम्पको बुझाइमा विश्वले अमेरिकाको खुला बजारबाट फाइदा मात्र लिएको हो ।यदि विश्वले अमेरिकाका लागि सोच्दैन भने उनले पनि विश्वका लागि नसोच्ने धारणासँग ट्रम्प रहेकाले भारतले अमेरिकी चासोहरूलाई व्यापार सम्बन्धमा सम्बोधन गर्नुपर्ने कतिपयको धारणा छ । अमेरिकाको डेमोक्रेट पार्टी बायाँ तर्फ ढल्किने हो भने आउँदा दिन अमेरिकाले फेयर ट्रेडको नीतिलाई अगाडि बढाउने देखिन्छ । 

अर्को ध्यान दिनुपर्ने भारतीय प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिको व्यक्तिगत भूमिकालाई २१ औं शताब्दीको अपरिहार्य रणनीतिक साझेदारीमा सामेल गराउन सक्ने विषयलाई सहजै बिर्सन सकिँदैन् । विगतमा भारतका प्रधानमन्त्रीहरूमा अटल बिहारी वाजपेयी, मनमोहन सिंह र नरेन्द्र मोदीले अमेरिकासँगको सम्बन्धका बारेमा परम्परागत राजनीतिक र कर्मचारीतन्त्रको ज्ञानका आधारमा बढाउन नखोजेको देखिएको छ ।

मोदी निर्वाचनमा भइरहेका बेला अमेरिकाले भारतलाई राजनीतिक रूपमा आलिंगन गर्न केही गाह्रो होला जस्तो देखिन्छ ।मोदीले सुरक्षा र राजनीतिक सम्बन्धमा कसैको कल्पना भन्दा बढी पहल गरिसकेका छन् । आम निर्वाचनको अगाडि व्यापारका विषयहरू रहेका छन् । भारतले ट्रम्प प्रशासनसँग कुनै व्यापार सम्झौता गर्न सके यो बेला भारतको सत्तापक्षका लागि ठूलो राजनीतिक सफलता हुन सक्छ । 

विगतमा जर्ज डब्लु बुसले भारतलाई पटक पटक जटिल परमाणु सम्झौतामा समस्या खडा गरेका थिए त्यसका विषयमा त्यतिखेरका मन्त्रिमण्डललमा सहभागीहरूलाई राम्ररीलाई थाहा होला नै । यस सन्दर्भमा भारतले अमेरिकासँगका सम्बन्धलाई अन्य महत्वपूर्ण विषयहरूलाई उठाउने र ट्रम्पको विश्वास आर्जित गर्नुपर्ने आवश्यकतालाई पूरा गर्नुपर्ने कतिपयको बुझाइरहेको पाइन्छ ।

सुरक्षाका विषयहरूजस्तो व्यापार शून्य हात लाग्ने खेल होइन् । यो संशोधनीय खालका सम्झौता गर्न पछि पर्नु हुँदैन् । यसको राम्रो जानकार चिनियाँ राष्ट्रपति सी जिनपिन हुन् । उनले राजनीतिक  र आर्थिक विषयका मतभेदमा ट्रम्पलाई जिस्क्याउँदै आएका छन्  । भारत अमेरिकाबीचका व्यापारसम्बन्धी वार्तामा हुने प्रगति ट्रम्प र सीबीचको कठिनाइ भन्दा कम भने छैन् । 

यस्तो भूराजनीतिक भिडन्तको अवस्था र विश्वव्यापी व्यापार व्यवस्थाका नखुलेका पानाहरूलाई खोलेर फेरि मिलाउनुपर्ने विद्यमान अवस्थामा भारतका लागि कस्तो अवस्था उत्पन्न हुन पुग्छ । हामी कहाँ उखान छ “नहुनु मामा भन्दा कानो मामा प्यारो ।”

यस्तो परिवेशमा अमेरिकी वाणिज्यमन्त्रीले भ्रमणको आवरणभित्र ल्याएको इन्डो प्यासिफिक स्ट्रेटेजीमा आफ्ना समकक्षी मार्फत अमेरिका र भारतको लगनगाँठो बाँध्ने खालको विश्वास गर्न सक्छन् वा भ्यालेन्टाइन डेमा दुबैले तत्कालका लागि ‘किसिङ्ग अफेयर’ लाई निरन्तरता दिने निर्णय लेलान त्यो भने हेर्न भने बाँकी नै छ । तर नेपाल भने यो अफेयरबाट संवेदनहीन बनाएर बस्नु हुँदैन ।