त्रिवि लगायत चार विश्वविद्यालयमा कामु उपकुलपति तोकिए
काठमाडौं, ५ साउन । सरकारले त्रिभुवन विश्वविद्यालय लगायतका चार विश्वविद्यालयमा कामु उपकुलपति तोकेको ।
त्रिभुवन विश्वविद्यालयका हालका कुलपति प्रा.डा. तीर्थ खनियाँको कार्यकाल शनिवारबाट रिक्त हुने भएकाले सो पदमा प्रा.डा. सुधा त्रिपाठीलाई कार्यवहाकको जिम्मा दिइएको छ । त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालयमा रमेश ढकाल, कृषि तथा वन विश्वविद्यालयमा शरदा थपलिया र पूर्वाञ्चल विश्वविद्यालयमा बिजुकुमार थपलियलाई कार्यवहाक तोकिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।
अन्य विश्वविद्यालयहरूमा उपकुलपति छनौटका लागि पनि समिति गठन गरिएको जनाइएको छ ।
प्रतिक्रिया