सार्वजनिक पदधारण गर्नेलाई सम्पत्तिको विवरण सार्वजनिक गर्न ६० दिने सूचना जारी
काठमाडौ । सार्वजनिक पद धारण गर्ने सबैलाई सम्पत्तिको विवरण गर्न सूचना जारी गरिएको छ ।
नेपाल सतर्कता केन्द्रले ६० दिने दिने सूचना जारी गरेको हो । केन्द्रले सम्पत्तिको विवरण समय भित्र बुझाउन आग्रह समेत गरेको छ ।
भ्रष्टाचार नियन्त्रण ऐन अनुसार सार्वजनिक पद धारण गर्ने व्यक्तिले पद धारण गरेको दिनदेखि ६० दिन भित्र सम्पत्तिको विवरण बुझाउनुपर्ने हुन्छ ।
त्यसपछि आर्थिक वर्षसमाप्त भएको ६० दिन भित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान रहेको छ ।
पद धारण गर्ने व्यक्तिको नाममा र उनको परिवारको सदस्यको नाममा र सरकारी निकायबाट निर्धारित स्रोतबाट आउने सम्पत्तिको जानकारी दिनुपर्ने हुन्छ ।
समय भित्र सम्पत्ति विवरण प्राप्त नभए नेपाल सतर्कता केन्द्रले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको नाम तथा विवरण अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई कानुनी कारबाहीका लागि पठाउने जनाएको छ ।
समयमा बुझाउन नसकेमा व्यक्तिले ५ हजार जरिवाना तिर्नुपर्ने र अख्तियारको अनुसन्धान बेहोर्नुपर्ने सूचनामा जनाइएको छ ।
प्रतिक्रिया