नीति र नेतृत्व बिरुद्ध अभिव्यक्ति दिने यी सात नेतालाई नेकपाले स्पष्टिकरण सोध्ने

नीति र नेतृत्व बिरुद्ध अभिव्यक्ति दिने यी सात नेतालाई नेकपाले स्पष्टिकरण सोध्ने

काठमाडौं, ६ भदौ । पार्टीको नीति र नेतृत्वविरुद्ध अभिव्यक्ति दिने सातजना नेतालाई सत्तारुढ दल नेकपाले स्पष्टिकरण सोध्ने भएको छ ।

स्पष्टिकरण सोधिनेहरुमा भीम रावल, जनार्दन शर्मा (प्रभाकर), जगन्नाथ खतिवडा, सूर्य थापा, रामप्रसद सापकोटा (दीपशिखा), मेटमणि चौधरी र राजेन्द्र गौतम हुन् ।

उनीहरुलाई पार्टी अध्यक्षद्वय केपी ओली र प्रचण्डले महासचिव विष्णु पौडेलको उपस्थितिमा मौखिक स्पष्टिकरण सोध्ने निर्णय गरेको एक सचिवालय सदस्यले बताए ।

उनीहरुको नेता र नेतृत्वको मानमर्दन हुने गरी सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिएको जनाइएको छ । साथै उनीहरुलाई पार्टीको अनुशासको दायरामा ल्याउनका लागि स्पष्टिकरण सोध्न लागिएको ती नेताको दावी छ ।