जनयुद्ध दिवसको सम्झना

जनयुद्ध दिवसको सम्झना


सूर्य प्रकाश सुवेदी ‘पथिक’

१. २०५२ सालमा म चितवन जिल्लाको नेतृत्वमा थिएँ । यो वर्ष हाम्रा लागि विशेष वर्ष थियो । केही वर्ष अघिदेखि हामीले सचेत र गम्भीरतापूर्वक यो दिनको तयारी गरिरहेका थियौं । २०४६/०४७ सालको राजनीतिक परिवर्तनपश्चात पनि नेपाली जनताले आफ्ना आवश्यकता पूरा नभएकोमा निकै ठूलो असन्तोष थियो । हामी अब यही खुल्ला परिवेशको भरपूर फाइदा उठाएर जनयुद्धको तयारी गर्नुपर्छ भन्ने एक सूत्रीय रुपमा अघि बढ्यौं । पार्टी एकता (तत्कालीन एकता केन्द्रको निर्माण), २०४८ सालको निर्वाचनमा सहभागिता, ग्रामीण वर्गसंघर्ष, २०५१ सालको निर्वाचन बहिस्कार, नेकपा (एकता केन्द्र) मा फुट र नेकपा (माओवादी) को निर्माण जस्ता ऐतिहासिक परिघटनामा व्यक्त वर्गसंघर्ष र पार्टीभित्रको दुई लाइन संघर्ष निचोड जनयुद्धको तयारी नै थियो भन्नेमा हामीमा कुनै द्विविधा थिएन । विगत केही वर्षदेखि पार्टीले सचेततापूर्वक र गम्भीरताका साथ पाइला पाइला अघि बढाएर जनयुद्धको तयारी सम्पन्न गरिहसकेको थियो । २०५२ साल फागुन १ गतेसम्म पुग्दा तत्कालीन नेकपा (माओवादी) जनयुद्धको थालनी र यसको निरन्तरता दिन वैचारिक, राजनीतिक, सामाजिक, फौजी र भावनात्मक सबै आयाममा सक्षम भइसकेको थियो ।

२ चितवन जिल्लामा फागुन १ गते नै जनयुद्ध सुरु हुन्छ भन्ने म वाहेक एक जना अर्काे कमरेडलाई मात्र जानकारी थियो । हामीले पर्चा, पोस्टरको सुरक्षा गर्ने र ऐतिहासिक दिनमा त्यसलाई वितरण गर्ने र टाँस्ने योजना बनाउनु थियो । यसका अलावा सिङ्गो पार्टी पंक्तिमा युद्धमा अनावश्यक क्षति र भागदौड सुरुमै नहोस् भन्नेमा सतर्कतापूर्वक पार्टी कमरेडहरुलाई तयार पार्नु थियो । केही क्षति, केही भागदौड त स्वाभाविक नै भन्ने लाग्दथ्यो तर यसको मात्रा पार्टी र आन्दोलनले पचाउने स्तरको होस् भनेर जिल्लाव्यापी प्रशिक्षण लगायतको तयारी त्यो बेलामा व्यापक स्तरमा हामीले सम्पन्न गरिसकेका थियौं । 

३ चितवनमा २०५२ साल फागुन १ गते ऐतिहासिक जनयुद्धको पहलको दिन विशेष स्मरणीय रहोस भन्ने चाहना थियो । पार्टीले समग्र देशलाई तीन वटा भूगोलमा विभाजन गरेको थियो । आधार इलाका, छापामार इलाका र प्रचार इलाका । चितवनलाई तेस्रो प्रकृतिमा राखिएको थियो । तर, पनि हामीले राष्ट्रिय स्तरमा तरङ्ग पैदा गर्ने खालको धक्कामुलक कार्वाही गर्ने निधो ग¥यौं । दलाल पुँजीवादको प्रतिनिधित्व गर्ने संवेदन क्षेत्रमा धक्कामुलक धावा बोल्ने गरी अन्तिम तयारी ग¥यौं । 

४ फागुन १ नजिकिदैं थियो । देशका अन्य भागमा जस्तै चितवनमा पनि तीब्र तयारी थियो । तयारीको अवस्था बुझ्न र भेटघाटका लागि कमरेड प्रचण्ड र कमरेड वादल चितवन आउनु भएको थियो । चितवनको तयारीबारे क.प्रचण्डले सोध्नुभयो । मैले तयारीका सबै पाटा पक्षका बारेमा बताए । मेरो सबै रिपार्ट गम्भीरतापूर्वक सुन्नुभयो । सबै पाटा पक्षका बारेमा उहाँले राम्रो भन्नुभयो तर धक्कामुलक कार्वाहीका लक्ष्य सुन्दा उहाँहरु धेरै नै गम्भीर हुनुभयो । आफ्नो स्वभावअनुसार क. प्रचण्डले क. वादलतिर फर्किएर भन्नुभयो, ‘हैन कमरेड चितवनका साथीहरुले बनाएको ‘टार्गेट’ कस्तो हो ?’ क. वादल आफ्नो स्वभाव अनुसार मौन बस्नुभयो । क. प्रचण्डले भोलि यसबारेमा अन्तिम निश्कर्षमा पुग्ने गरी त्यो दिनको भेटघाट टुंग्याउनु भयो । 

५ पश्चिम क्षेत्रमा क. वादल, मध्य क्षेत्रमा क.बाबुराम भट्टराई, उपत्यकामा क. किरण र पूर्वी क्षेत्रमा क. सी पी गजुरेल इञ्चार्ज तोकिनु भयो । मध्य क्षेत्रमा बाबुराम भट्टराई नयाँ हुनुहुन्थ्यो । फिल्डको काम सबै देव गुरुङले हेर्नुहुन्थ्यो । उहाँसँग सामान्य छलफल र रिपोर्टिङ भए पनि लक्ष्यका बारेमा ठोस हुन सकेको थिएन । भोलि नेताहरुले सकारात्मक जवाफ नदिने हुन कि भन्ने आशंका ममा थियो । क. प्रचण्ड (त्यतिवेला महामन्त्री हुनुहुन्थ्यो) को हाउभाउले त्यस्तो अड्कल ममा पैदा भएको हो । 

६ भोलिपल्ट भरतपुरस्थित कमरेड वादलको घरमा पार्टी केन्द्रीय कार्यालय, क्षेत्र र चितवन जिल्लाबीच गम्भीर विमर्श भयो । क. प्रचण्डले चितवन जिल्लाले जनयुद्धमा खेल्ने भूमिकाका बारेमा प्रशिक्षण दिनुभयो । उहाँको प्रशिक्षणको सार भनेका चितवन जिल्लाले प्रारम्भमा नै उत्तेजित पार्ने प्रकारको कार्वाही गर्नुहुन्न । यसले पृष्ठभागको महत्वपूर्ण र झण्डै झण्डै प्रमुख आधार इलाकीय जिल्ःला सरह भूमिका निर्वाह गर्नसक्छ र गर्नुपर्छ । जनयुद्धको उत्कर्ष र अन्तिम चरणमा चितवन जस्ता शहरीय प्रकृतिका जिल्लाले धेरै काम गर्नुपर्छ । त्यसबेलासम्म आफूलाई बचाउँदै आधार इलाकाको सहयोृगी भूमिका खेल्ने काम गर्नुपर्दछ । 

७ महामन्त्रीको निर्देशन मुताविक हामीले हाम्रो कारवाहीहरुको छनौटलाई परिमार्जित ग¥यौं । त्यो दिन केन्द्रबाट आएका पर्चा, पोस्टरको जिल्लाब्यापी वितरण र टाँसेर मनाउने र १५ दिन जनयुद्धको निरन्तरतामा ससाना प्रचारात्मक कार्वाहीसहित सम्पन्न गर्ने निधो गरियो । 

८ अन्ततः ऐतिहासिक फागुन १ गते आइपुग्यो । त्यही दिन चितवन जिल्ला पार्टी र लडाकू दल (सेनाको भ्रुणको रुपमा लडाकू दल बनेको थियो) को संयुक्त वैठक भरतपुरमा आयोजना भयो । त्यहाँ खुशियाली दिनको रुपमा मिठाइ बाँडियो । पहिलो वैठकमा आजकै दिनमा जनयुद्ध सुरु हुँदैछ, हाम्रो साकार बन्दैछ भन्दै बेलुकाको कार्यक्रमबारे प्रस्ताव पेश गरियो । 

साँझ शहरमा हामीले दुई टुकडीमा विभक्त गरी केन्द्रबाट आएका पर्चा र पोस्टर रातभरि प्रचार गरेर निर्धारित सेल्टरमा आएर आराम ग¥यौ । हामीले त पार्टीले दिएको जिम्मेवारी पूरा ग¥यौं तर देशव्यापी के भएको छ, खुल्दुली हामीमा बढेको थियो । आजको जस्तो सञ्चार सुविधा थिएन । रेडियो र पत्रपत्रिकाको भर थियो । फागुन २ गते दिनभरि शान्त जस्तो थियो । तर, त्यो आँधी अगाडिको सन्नाटा सावित भयो । बेलुकादेखि रोल्पा, रुकुम, जाजरकोट, गोरखा, सिन्धुली, काभ्रे लगायतका ठाउँका समाचारहरु तीब्रतामा आउन थाले । त्यो थालनी साँच्चैको ऐतिहासिक भयो । 

९ जनयुद्धले नेपाली समाजलाई तीब्रताका साथ आफ्नो प्रभावमा पा¥यो । ६०/७० जना पूर्णकालीनले एक प्रकारले साहसपूर्वक सुरु गरेको यो अभियान केही वर्षमा एउटा अपराजीत शक्तिका रुपमा स्थापित भयो । नेपालको आधुनिक इतिहासमा जनयुद्ध जस्तो व्यापक घनत्व भएको अर्काे युद्ध थिएन । युद्धले रगतको कोटा माग्छ, जेलको कोटा माग्छ, घाइतेको कोटा माग्छ, गद्धारी, आत्मसमर्पण, धोकाघडी र व्यभिचार पनि युद्धमा देखापर्छ । यातना, गिरफ्तारी र भागदौड पनि व्यापक रुपमा देखा पर्दछ । नेपालमा यी सबै नकारात्मक पक्ष पनि देखा परे, तर मूल प्रवृत्ति विजय र साहस नै देखाप¥यो । 

जनयुद्धले मलाई थुप्रै वर्ष केन्द्रीय कार्यालय र प्रचण्डसँग नजिक बनाइदियो । पूर्वी किरात र लिम्बुवान इलाकाहरु, पश्चिमका विकट कर्णाली प्रदेशसँग एकाकार हुन सिकायो । अहिले त्यो फर्किएर हेर्दा मन रोमाञ्चित हुन्छ । हामीले नेपालमा हाम्रो भागको भूमिका सक्दो पूरा गरेको गर्विलो अनुभूति भइरहन्छ । हामी लडेर नै नेपालमा गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक, समावेशी प्रणाली आयो । वर्गीय, जातीय, लिङ्गीय,, साँस्कृतिक अभुतपूर्व जागरण ल्याउन सफल भयौं । हाम्रै युद्धका कारण सामन्ती राजतन्त्र समाप्त पारी एक प्रकारको पुँजीवाद ल्याउन सफल भयौं । यी सबै उपलब्धि देख्दा र हाम्रै जीवनमा हामीले नै उपभोग गर्न पाउँदा रोमाञ्चित हुन्छ मन । जीवनको सार्थकता भेटे जस्तो लाग्छ । 

११ तर, अर्काेतर्फ जनताको जीवनमा अझै खुशीयाली ल्याउन नसक्दा मन अमिलो अमिलो बनिरहन्छ । जनयुद्धका केही प्रतिबद्धताहरु पूरा नगर्दै एक प्रकारले बीच बाटोमा नै युद्धविराम गर्दा मन सम्हाल्न केही वर्ष लाग्यो । शहीद परिवार, घाइते कमरेडहरु, युद्धमा साथ र सहयोग गरेका कमरेडहरु र आधारभूत जनताको व्यवस्थापन गतिलो नहुँदा र अझ उनीहरुको कतिपय सन्दर्भमा मानमर्दन भएको टुलुटुलु हेर्नुपर्दा मन थामी नसक्नु हुन्छ । अहिले कामको प्रकृतिले गर्दा जनयुद्धका घाइते कमरेडहरुसँग दैनिकजसो सम्वाद हुन्छ, उनीहरुमध्ये कतिपयको विजोग अवस्था देख्दा आफैलाई पनि कतिपय सन्दर्भमा माफी दिन मन लाग्दैन । जोखिम मोलेर लडाईं एकथरिले गर्ने,दुःख कस्ट वलिदान एकथरिले गर्ने, तर प्राप्त परिवर्तनको तर अर्काथरिले खाएर उल्टो जनयुद्धका नायक नायिकाको अपमान गर्दा मन बिस्फोट हुन्छ कतिपय सन्दर्भमा । 

१२ अहिले हामी माओवादीको समेत निषेध गर्दै नेकपा (एमाले) सँग एकता गरी नेकपा निर्माण गरिसकेका छौं । दुई तिहाइ सरकार हामीसँग छ । समाजवादी क्रान्ति वा व्यवस्थाको लक्ष्यसहित अहिले हाम्रा काम अगाडि बढेका छन् । प्रश्नहरु थुप्रै छन् । प्रश्नहरु वैचारिक र राजनीतिक प्रकृतिका धेरै छन् । हामीले बहस गर्नुपर्ने विषय धेरै छन् । हामीले समाधान गर्नुपर्ने प्रश्नहरु पनि थुपै्रै छन् । समयक्रममा त्यसको क्रान्तिकारी र जनपक्षीय उत्तर भेटिएला । जनता, रष्ट्र र वर्गप्रति हामी वफादार भइरहनु पर्छ । साम्यवादसम्मको यात्रामा हामी बिचलित हुनु हुन्न । बाधा अड्चनहरु हटाउँदै जानुपर्छ । जनताले समृद्धि, खुशी र चित्त प्रसन्नता प्राप्त गरेर नै छाड्ने छनु् । हामी त्यसका लागि सक्रियतापूर्वक जान पाइयोस् । जनयुद्धको यो पुनित अवसरमा म सबै आदरणीय शहीहरुदहरुप्रति नमन गर्दछु । घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु । शहीद र वेपत्ताले देखाएको बाटोमा अविचल हिंड्ने यो अवसरमा प्रतिबद्धता जाहेर गर्दछु ।