रेडियो दिवस र कुकुर

रेडियो दिवस र कुकुर

भानुभक्त आचार्य

रेडियो प्रसारण सुरु हुनुभन्दा करिब १८ वर्षअघि नै आवाज रेकर्ड हुन थालेको थियो । यस सन्दर्भमा आवाज रेकर्ड गर्ने यन्त्र र कुकुरबारे एउटा रोचक जानकारी सेयर गरिहालौं ।

बेलायतको ब्रिस्टोलमा सन् १८८४ मा एउटा मिश्रित प्रजातिको कुकुर जन्मियो । निपर नामको त्यो कुकुरका मालिक थिए मार्क हेनरी बर्राउड । बर्राउडसँग एउटा एडिसन–बेल कम्पनीको सिलिन्डर फोनोग्राफ थियो, जसमा ध्वनी रेकर्ड गर्न र बजाउन सकिन्थ्यो । उनी १९८७ मा मरे । अब बर्राउडका भाइ फ्रान्सिसले दाजुको सम्पति र कुकुर समेत जिम्मा लिए । फोनोग्राफमा जबजब बर्राउडको रेकर्ड गरिएको आवाज बज्थ्यो, तब त्यो कुकुर निकै चाख मानेर नजिकै बसेर सुन्थ्यो । 

मरिसकेका मालिकको आवाज चिनेर निपरले चाख दिएर सुनेकाले फ्रान्सिल अचम्मित भए । एघार बर्ष बाँचेर प्राकृतिक कारणले नै त्यो कुकुरको मृत्यु भयो ।


कुकुर मरेको तीन वर्षपछि सन् १८९८ मा फ्रान्सिले एउटा चित्र बनाए, जसमा निपर कुकुरले फोनोग्राफमा चाख दिएर उसको पहिलो मालिकको आवाज सुनेको चित्रण गरिएको थियो । त्यस चित्रको नाउँ ‘His Master's Voice' राखे । उनले त्यो चित्र फोनोग्राफ कम्पनीका मालिक जेम्स हफलाई नै उपहार दिए । तर हफले कुकुरले फोनोग्राफ सुन्छ भन्ने कुरा पत्याएनन् । पछि प्रतिलिपि अधिकार किनेर अमेरिकाको भिक्टर टकिङ मेसिन कम्पनीले त्यही चित्रलाई ट्रेडमार्क बनायो, जसलाई छोटकरीमा ‘HMV’ भनियो । पछि यो कम्पनी अमेरिकामा निकै सफल भयो ।

अचेल तपाइँले हिन्दी–अंग्रेजी लगायत गीत संगीतका क्यासेट वा सिडीहरुमा एचएमभी सिरिज लेखेको देख्नुभएको छ भने त्यो पनि त्यही निपर कुकुरको सुनाइबाट प्रभावित कम्पनीको नाउँ हो । 

आवाज यन्त्रसँग निपर कुकुरको घनिष्ट सम्बन्धबाट प्रभावित भएर उत्तर अमेरिका र युरोपका विभिन्न स्थानमा निपर कुकुरका मुर्तिहरु स्थापना गरिएका छन् । बेलायतमा त एउटा बाटोको नाउँ नै निपर एलाइ राखिएको छ ।

रेडियो दिवसका उपलक्ष्यमा रेडियो सुन्ने सुनाउने सबैलाई शुभकामना ।