प्रेस काउन्सिल अफ इन्डियाले काश्मिर विषयमा सरकारलाई समर्थन गर्नु अलोकतान्त्रिक
काठमाडौ । सरकारले जम्मु काश्मिरमा सञ्चारमामा लगाएको प्रतिबन्धको समर्थन गर्ने प्रेस काउन्सिल अफ इन्डियाको क्रियाकलाप अलोकतान्त्रिक भनी आलोचना भएको छ ।
द हिन्दु ग्रुप पब्लिसिङ प्राइभेट लिमिटेडका अध्यक्ष एन रामले यस्तो बताएका हुन् ।
मिडियाको स्वतन्त्रतको दृष्टिकोणका लागि प्रेस काउन्सिलले भारत सरकारलाई समर्थन गर्नु दुखद भएको उनले जनाए ।
प्रेस काउन्सिल इन्डिया पे्रस स्वतन्त्रता, स्वतन्त्र प्रेस, पत्रकारहरूको स्वतन्त्रताको रक्षक हो ।
उसले नै काश्मिर उपत्यकामा सरकारले सञ्चार क्षेत्रमा लगाएको प्रतिबन्धलाई समर्थन गरेको छ ।
यो विषय मात्र समाचार माध्यमका लागि नभएर नागरिकहरूको चासो पनि भएको उनले जनाए ।
उनले आफू प्रेस काउन्सिल अफ इन्डियाका अध्यक्ष भएको भए तत्काल राजीनामा दिने बताए ।
प्रतिक्रिया