‘नेकपाको अहिलेको संघर्ष केपी ओली र वामदेवको’  

‘नेकपाको अहिलेको संघर्ष केपी ओली र वामदेवको’  

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अहिलेको संघर्ष मुख्यतः के पी शर्मा ओली र वामदे गौतम भएको वाम विश्लेषक साध्यबहादुर भण्डारीको बुझाइ रहेको छ । 

‘केपी ओलीले आफू अध्यक्ष, संसदीय दलको नेता बन्ने बेलामा गौतमसँग के के शर्त राखेका थिए, त्यो कार्यान्वयन भएन । यस्तै हालत प्रचण्डलाई तपार्इंको पनि हुन्छ भनेर वामदेवले भनेका छन्’ भन्दै भण्डारी भन्छन, ‘माधव नेपाल त पावरमा आउन खेलिरहने भए, झलनाथका पनि आफ्नै पीडा होलान । तर, ओलीसँग अहिलको लडाईंको केन्द्रमा वामदेव नै हुन ।’

नारायणकाजी श्रेष्ठसँग निकट रहेर काम गरेका साध्यबहादुर भण्डारीको बुझाइमा नारायणकाजी श्रेष्ठको असन्तुस्टि र पहलले खासै अर्थ राख्दैन । भन्छन, ‘नारायणकाजी आफ्नो अस्तित्वका लागि यताउता घुमिरहन्छन । हिजो माओवादीमा पनि आफ्नै अस्तित्व कायम गर्नका लागि यताउता घुमिरहे ।’

‘नारायणकाजी श्रेष्ठले आफ्नो निवासमा बोलाएर अध्यक्ष प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमलाई बोलाएर गुटबन्दी गरे भन्ने आरोप छ नि त ?’ भनी सोध्दा भण्डारीले भने, ‘मैले भनी हालें नि नारायणकाजीले आफ्नो अस्तित्व देखाउनका लागि भेला बोलाए पनि उनले चाहेर, खेलेर नेकपामा केही नै अर्थ राख्दैन । अहिलेको संघर्ष भनेकै वामदेव र ओलीका बीचको विश्वासको संकट हो ।’

अहिले नेताहरु लडे पनि मुद्धा नभएको भण्डारीको भनाइ छ । नागरिकता विधेयक जस्तो राष्ट्रघाती मुद्धामा कसैले पनि कुरा नउठाएको भन्दै भण्डारीले असन्तुस्टि व्यक्त गरे ।