अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार भन्छन् –अमेरिकी लडाकु विमान एफ–३५ चीनले चो-यो ।”
काठमाडौ अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले अमेरिकाको लडाकु विमान एफ–३५ चोरेको आरोप लगाएका छन् ।
चीनको सर्वाधिक नयाँ विमान ठीक यस्तै देखिएको भन्दै चीनले अमेरिकाको त्यो लडाकु विमान चोरेको उनले दाबी गरे ।
तर हेर्दैमा अमेरिकी विमान जस्तो चिनियाँ विमान भएक त्यसकै आधारमा चीनलाई अपराधी भन्न सकिदैन् ।
किभमा आयोजित प्रेस सम्मेलनमा बोल्टनले भने “चीनको पाँचौ पुस्ताको लडाकु विमान एफ–३५ जस्तो धेरै मिलेको देखिन्छ यो यसरी देखिनुको कारण चीनले त्यो अमेरिकी विमान चोरेको हो ।”
आधारभूतरूपमा यी दुई लडाकु विमानको विशेषता भनेको आधुनिक गुप्तभेदी लडाकु जेट हो ।
चीनको शेङयाङ एफसी–३१ लडाकु विमानको बारेमा बोल्टनले यस्तो धारणा बनाएका हुन् । यो विमान अमेरिकाको एफ–३५ जस्तो देखिन्छ ।
वर्षौदेखि अमेरिकाले चीनमाथि प्रविधिको चोरीको आरोप लगाउँदै आएको छ ।
यो चोरीमा एफ–३५ पनि रहेको छ ।
यस्ता लडाकु विमान अमेरिकी गठबन्धनका देशहरूसँग पनि रहेको छ ।
प्रतिक्रिया