सडक कानुन उल्लंघन गरी पार्क गरिएको मन्त्रीकै गाडीमा प्रहरीले जन्जीर लगाए
काठमाडौ । सडक कानुनको उल्लंघन गरी बानेश्वरमा पार्क गरिएको मन्त्रीकै गाडीमा प्रहरीले जन्जीर लगाएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ चढ्ने सरकारी गाडी नयाँ बानेश्वरको नो पार्किङ जोनमा फेला परेपछि प्रहरीले जन्जीर लगाइदिएका थिए ।
सेतो रंगको एसयुभी बा२ झ४८६२ नम्बरको गाडी नो पार्किङ जोनमा राखेकोमा मन्त्रीका चालक शिवराम थापाले १ हजार जरिवाना तिरे पछि मात्र गाडीलाई छाडिएको थियो ।
मन्त्री महासेठले यस्तो जानकारी नभएको सार्वजनिक गरेका छन् ।
साथै प्रहरीले यस्तो गरेको रहेको छ भने राम्रो गरेको महासेठले जनाएका छन् ।
प्रतिक्रिया