मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा पेश, काँग्रेसको विरोध फिर्ता
काठमाडौं, १२ भदौ । नेपाल मिडिया काउन्सिल विधेयक २०७५ संघीय संसद्को राष्ट्रिय सभामा पेश भएको छ । राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सो विधेयक पेश गरेका हुन् ।
विधेयक पेश गर्दै मन्त्री बाँस्कोटाले सबै खाले मिडियाको अनुगमन गर्ने अधिकार मिडिया काउन्सिललाई हुने गरी विधेयक ल्याइएको बताए । उनले विधेयकमा उल्लेखित दण्ड जरिबानाको विषयलाई अदालति विषय बनाउने भन्ने बारेमा सोच्न सकिने र केही नमिलेका कुराहरु छलफलका क्रममा मिलाउन सकिने स्पष्ट पारे ।
उनले सरोकारवालासँग छलफल गरेर विधेयकमा आवश्यक परिमार्जन गर्न सकिने प्रतिवद्धता जनाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले दर्ता गराएको विरोधको सूचना फिर्ता लिएका थिए ।
नेपाल मिडिया काउन्सिल विधेयक २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरु राधेश्याम अधिकारी, सरिता प्रसाई, अनिता देवकोटा र प्रकाश पन्थले राखेको विरोधको सूचना फिर्ता सांसद अधिकारीले लिएका थिए ।
प्रतिक्रिया