चीन रूसले पूर्व चीन सागर र जापान सागरको आकाशमा संयुक्तरूपमा युद्धक विमान बलजफ्ती किन उडाए ?

चीन रूसले पूर्व चीन सागर र जापान सागरको आकाशमा संयुक्तरूपमा युद्धक विमान बलजफ्ती किन उडाए ?

काठमाडौ । उत्तर पूर्व एसिया र विश्वभर नै अमेरिकी सैनिक वर्चस्वलाई धक्का दिन चीन रूसले उच्च अकाशको रणनीति निर्माण गरेको विज्ञहरूले जनाएका छन् ।

यस अन्तर्गत चीन र रूसले संयुक्तरूपमा युद्धक विमानहरू पूर्व चीन सागर र जापान सागरको आकाशमा उडाएर अमेरिका, जापान र दक्षिण कोरियालाई स्पस्ट सन्देश दिएका छन् ।

यी तीन मध्ये मुख्यरूपले दक्षिण कोरियालाई सन्देश दिन खोजिएको छ । बमवर्षक विमानहरू सेन्काकाुक वा ओकिनावाको आकाशमा उड्न सक्थे तर उनीहरूले कोरियाली नियन्त्रित डोक्डोलाई उडानका लागि छनौट गरेका थिए ।

कोरियाली युद्धयता विदेशी सैनिक विमानले दक्षिण कोरियाली हवाई क्षेत्रमा प्रवेश गरी सीमा उल्लघन गरेको यो पहिलो पटक हो । 

एसियामा अमेरिकी गठबन्धनको सैनिक संगठनमा सापेक्षिकरूपमा जापान र अस्ट्रेलियाको तुलनामा कमजोर दक्षिण कोरिया रहेको र चीन रूस गठबन्धनबाट जापान भन्दा बढी सहज दबाब दक्षिण कोरियामा जमाउन सक्ने ठानेर चीन र रूसले यस्तो गरेको हो ।

चीन र रूसले दक्षिण कोरियाका लागि पुरस्कार र सजायको नीति अख्तियार गरे अमेरिकी दक्षिण कोरिया गठबन्धनलाई कमजोर बनाउन सक्ने छन् ।

दक्षिण कोरियाली अर्थतन्त्रको अधिक निर्भरता चीनमा रहेको छ ।

साथै उत्तर कोरियामा चनि र रूसको सम्बन्धले उनीहरूलाई कोरिया प्रायःद्वीपमा प्रभाव जमाउन सहज भएको हो ।रूस र चीनले दक्षिण कोरियालाई एक तटस्थ देशको रूपमा बनाउन चाहेको छ ।

यदि यस्तो भयो भने यो अमेरिकालाई उत्तर पूर्व एसिया र भूमण्डलीयरूपमा ठूलो धक्का लाग्ने देखिएको छ ।

सुदुर पूर्व संघीय विश्वविद्यालयमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अध्ययन अनुसन्धान प्रतिष्ठानका उपनिर्देशक सहप्राध्यपक अर्टोम लुकिनले यस्तो जनाएका हुन् ।