कृत्रिम बौद्धिकताको प्रयोगबाट शोषण नभइ स्वतन्त्रता बढने दाबी

कृत्रिम बौद्धिकताको प्रयोगबाट शोषण नभइ स्वतन्त्रता बढने दाबी

काठमाडौ । विश्वका शक्तिशाली देशहरूले सूचना प्रविधिको विकासको क्रममा नया विकास कृत्रिम बौद्धिकताको(आर्टिफिसल इन्टेलिजेन्स) प्रयोगबाट शोषण नभइ स्वतन्त्रता बढने यस क्षेत्रका विज्ञहरूले दाबी गरेका छन् ।

कृत्रिम बौद्धिकता , मेसिन सिकाइ जस्ता विषयको विकासले मानिसलाई अनपेक्षितरूपमा रोजगार बनाउने आंशका बढी रहेका बेला यससम्बन्धी विज्ञहरूले मानिसको स्वतन्त्रताका लागि कृत्रिम बौद्धिकताको प्रयोग हुने विश्वास व्यक्त गरेका हुन् ।

सूचना प्रविधिको क्षेत्रमा चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक माले कृत्रिम बौद्धिकताको विषयमा यस्तो धारणा सार्वजनिक गरेका हुन् । कृत्रिम बौद्धिकताको विकासबाट मानिसको रोजगार गुम्ने नभइ मानिसहरूको स्वतन्त्रता बढने माले दाबी गरे ।

संघाईमा आयोजित वल्र्ड आर्टिफिसल इन्टेलिजेन्स कन्फ्रेन्समा बोल्दै माले कृत्रिम बौद्धिकताको सहयोगबाट मानिसहरूले हप्तामा १२ घन्टा मात्र काम गर्ने पुग्ने बताए ।

यसका लागि उन्नत प्रविधि र शिक्षा व्यवस्थामा सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले दिनमा ४ घन्टा काम गरे पुग्ने बताए ।

कृत्रिम बौद्धिकताको सहयोगबाट मानिसहरूले पाउने समयको उपयोग मनोरञ्जन लगायतको क्षेत्रमा आफू अनुकूल गर्न पाउने उनले विश्वास व्यक्त गरे ।

यसअघि गत अप्रिलमा माले मानिसलाई हरेक दिन १२ घन्टा हप्तामा ६ दिन काम गर्नुपर्ने बताएका थिए ।

त्यतिखेर उनको यो अभिव्यक्ति उपर व्यापक आलोचना गरिएको थियो ।

जसरी बिजुलीले मानिसको समय बचत गरिरहेको छ त्यसैगरी कृत्रिम बौद्धिकताले मानिसको समय बचत गरी बाँच्ने जीवन सजिलो बनाइदिने उनले विश्वास व्यक्त गरे ।

बचत भएको समयमा मानिसहरू म्युजिक पार्टी वा डान्सपार्टीमा गएर आफू अनुकूलको आनन्द पाउन सक्नेछन् ।

उनले यसका लागि आगामी १०– २० वर्षमा हरेक देशका व्यक्ति र सरकारले शिक्षा व्यवस्थामा सुधार गर्नुपर्ने विषयमा ध्यान दिनुपर्ने बताए ।

शिक्षा व्यवस्थामा सुधार नगरे समस्या उत्पन्न हुन सक्ने उनले चेतावनी दिए ।

उनले यो बोलिरहँदा मञ्चमा टेस्ला कम्पनीका संस्थापक एलन मस्क पनि उपस्थित थिए । मस्कले पनि माको भनाइ प्रति सहमति जनाएका थिए ।