सुडान काण्डका 'भ्रष्टाचारी' शम्भु भारती पक्राउ
काठमाडौं, १३ भदौ । चर्चित सुडानमा काण्डमा दोषी ठहर भएका शम्भु भारतीलाई प्रहरीले पक्राउ गरेको छ ।
शान्ति स्थापनाका लागि सुडान जाने प्रहरीका लागि सामान खरिद प्रकरणमा उनी भ्रष्टाचारी ठहरीएका थिए । उनलाई केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले ललितपुरस्थित आफ्नै घरबाट विहीबार साँझ पक्राउ गरेको हो ।
सीबीआईका डीआइजी निरजबहादुर साहीले भारती पक्राउ परेको बताए । निजलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौंमा पेश गरिने जनाइएको छ ।
प्रतिक्रिया