अमेरिकाको टेक्सासमा अन्धधुन्द गोली चलाउँदा कम्तीमा ५को मृत्यु 

अमेरिकाको टेक्सासमा अन्धधुन्द गोली चलाउँदा कम्तीमा ५को मृत्यु 

काठमाडौ । अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले अन्धधुन्ध गोली चलाउँदा भएको घटनामा कम्तीमा ५ जना मारिएका छन् भने दर्जनौ घाइते भएका छन् ।

एक संदिग्ध मारिएका छन् । यो घटना मिडल्यान्ड र ओडेसामा भएको हो । ओडेसा प्रहरीले जनाउ दिए अनुसार ५ जना मारिएको र २१ जना घाइते भएका छन् ।

मिडल्यान्डका मेयर जेरी मोराल्सले शुरूमा गोली हानहानमा परेका दुई मरेको जनाएका थिए ।

मिडल्यान्ड प्रहरी विभागले एक बन्दुकधारी मारिएको जनाएको छ ।

ओडेसा प्रहरी विभागले आफ्नो फेसबुक पेजमा उल्लेख गरे अनुसार ओडेसामा गोली हानहान भएको र संदिग्धहरूले ट्रक अठतीसौं वालनट क्षेत्रमा देखिएको अमेरिकी मेल बोक्ने ट्रक अपहरण गरी लान खोजेको थियो ।

बन्दुकधारीले ओडेसा भएर गाडी चलाउँदै अन्धधुन्द गोली चालएको ट्विटरका प्रत्यक्षदर्शीहरूले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआई लगायत अन्य कानुन व्यवस्था बनाउने नियोगले टेक्सासमा भएको घटनाको अनुसन्धान गर्ने ट्विट गरेका छन् ।