‘सत्ता कब्जा बन्द गर’ भन्दै संसद निलम्बन गर्ने निर्णयको विरोधमा बेलायतभर प्रदर्शन
काठमाडौ । युरोपियन युनियनबाट बेलायतलाई हटाउने योजना ब्रेग्जिटको शून्यसमय शुरू हुन दुई साताअघि संसद निलम्बन गर्ने प्रधानमन्त्री बोरिस जोन्सनको निर्णय विरूद्ध राजधानी लन्डनलगायत देशका विभन्न ठाउँमा प्रदर्शन भएका छन् ।
ब्रग्जिट विरोधी अभियन्ताहरूले प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिट अगाडि विरोध जनाएका छन् ।
छायाँ सरकारका गृहमन्त्री डाइने एबोटले भीडलाई सम्बोधन गरी सरकारको निर्णयको विरोध गरे ।
महारानी एलिजाबेथको आशीष पाएर अर्को महिना शुरू भएदेखि अक्टोबर १४सम्म संसद निलम्बनमा रहने निर्णय गरिएको हो ।
प्रधानमन्त्री जोन्सनले बेलायतलाई युरोपियन युनियनबाट निकाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रदर्शनकारीहरूले सत्ता कब्जा बन्द गर जस्ता ब्यानर बोकेका थिए ।
प्रतिक्रिया