गाई मार्नेलाई कारवाही गर्न शेखर कोइरालाको माग
काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुर्खेतको भिरबाट खसाएर गाई मार्ने काम गर्नेलाई कारवाही गर्न माग गरेका छन् ।
उनले आइतबार बिहान ट्विट गर्दै संविधानले गाई राष्ट्रिय जनावर भनेको र गाईसँग हिन्दुहरुको अत्यन्तै ठूलो आस्था र संस्कृति जोडिएको उल्लेख गर्दै सुर्खेतको भीरबाट खसाएर गाई मारिएको घटनाले हिन्दुहरुको आस्थामाथि ठेस पुगेको जनाएको छन् । उनले यो घटनामा संलग्नलाई तुरुन्तै कानुनी कठघरामा ल्याएर कडा कारवाही गर्न पनि माग गरेका छन् ।
प्रतिक्रिया